back
NMB ad

मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाले सेयर लगानीकर्ता उत्साहित, कसले के भने ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाका क्रममा सेयर धितो कर्जामा कुनै पनि हेरफेर नगर्दा सेयर लगानीकर्ताहरु भने उत्साहित भएका छन् ।

 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोकर्जामा कुनै पनि हेरफेर नगरेको जानकारी गराएपछि लगानीकर्ता निकै उत्साहित भएका सेयर धितोकर्जामा कुनै पनि हेरफेर नगरेको जानकारी गराएपछि लगानीकर्ता निकै उत्साहित भएका छन् ।

 

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले राष्ट्रको यो व्यवस्थाले सेयर लगानीकर्तालाई निकै उत्साहित बनाएको बताउनु भयो । राष्ट्र बैंकको यो व्यवस्थाले निरासातर्फ उन्मुख बनेको बजारलाई थप उचाईमा पुर्याउन सहयोग गरेको बताउनु भयो ।

 

अहिले बजारमा चलखेल गर्न चाहनेहरुले हल्ला गरेपनि राष्ट्र बैंकले लगानीकर्ता मैत्री निर्णय गरेको बताउनु भयो । लगानीकर्ताले कागले कान लग्यो भनेर कान नछामी कागको पछि लाग्नेहरुको जस्तै हालत अहिले लगानीकर्ताको भएको उहाँको बुझाई छ । राष्ट्र बैंक लामो समयदेखि सेयर बजारप्रति सकारात्मक रहेको र बजारको विकासको लागि काम गरिरहेको उल्लेख गर्नुभयो । अहिले केही लगानीकर्ताले बजार भाउ घटाएर सोझा लगानीकर्ताको सेयर उठाउने गरेपनि भोलीबाट त्यसले पुर्णता नपाउने उहाँको दाबी छ । अध्यक्ष रौनियारले त्यस्ता लगानीकर्तासँग आगामी दिनमा सचेत हुन समेत आग्रह गर्नुभयो ।

 

यसअघि देखि नै राष्ट्र बैंकले भर्खरै बाँमे सर्दै गरेको बजारलाई असर पर्ने कुनै काम नगर्ने जानकारी गरे जस्तै मौद्रिक नीतिको समिक्षा पनि सोही अनुसार भएको उहाँको तर्क छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाका कारण पनि भोलीबाट बजारले नयाँ आयाम थप्ने उहाँको तर्क रहेकमो को अर्धबार्षिक समिक्षाका कारण पनि भोलीबाट बजारले नयाँ आयाम थप्ने उहाँको तर्क रहेको छ ।

यता नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षालाई लिएर धेरै नै हल्ला भएपनि त्यो सबै झुट साबित भएको र अब बजारले नयाँ आयाम लिने बताउनु भयो ।

बिस्तारै गतिलिन लागेको बजारमा सेयर धितो कर्जाको सिमा नघट्दा बजारलाई चलायमान बनाउन सहज भएको उहाँको भनाइ छ । यो व्यवस्थाले सबै लगानीकर्ता खुसी भएको भन्दै अबको दिनमा बजार बुलिस टे«न्डमा जाने उहाँको तर्क छ ।

 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने क्रममासेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाएको छ ।

 

सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई गरेको थियो । जुन कायम नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७७ फागुन २ आइतवार २०:३१ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...