back
NMB ad

जीवन बीमा कम्पनीहरुको नाफा २६ % ले बढेर सवा २ अर्ब नजिक, पुरानालाई नयाँको चुनौती (सूचीसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब १९ करोड ९४ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.९७ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा १ अर्ब ७३ करोड २१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

 

सञ्चालनमा रहेका १९ वटा कम्पनीमा सरकारकै स्वामित्व भएको राष्ट्रिय बीमा संस्थानले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन । कम्पनीहरुको बीमाङ्कीय मूल्याकंनको पछि मात्रै वास्तविक नाफा निस्कने छ । अहिले कम्पनीहरुको एक्चुअरी मुल्यांकन भएको छैन । जसले गर्दा अहिलेको नाफालाई वास्तविक नाफा मान्न सकिँदैन । तथापी कम्पनीको अवस्था भने थाहा पाउन सहयोग पुग्ने छ ।

 

नाफाको आधारमा हेर्दा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.४५ प्रतिशतले बढी हो । नेपाल लाइफ पछि धेरै नाफा कमाउने कम्पनीमा सूर्या लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ६ महिनाको अवधिमा २० करोड १२ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुनामा ३२.४३ प्रतिशतले बढी हो ।

 

प्रतिशतको आधारमा धेरै नाफा कमाउने कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योेरेन्सको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालुृ आवको सोही अवधिमा १२५.२९ प्रतिशतले बढेको छ । प्रभुपछि नाफामा धेरै धेरै प्रगति गर्ने कम्पनीमा ज्योती लाइफ इस्योरेन्स रहेको छ । इन्स्योेरेन्सको पनि नाफा ५६.५६ प्रतिशतले बढेको छ । त्यस्तै एनआइर्एसी नेपालको ५०.५२, एशियन लाइफको ४५.०२, रिलायबल लाइफको ३४.२० प्रतिशतले नाफा बढेको छ । यो अवधिमा सबैभन्दा कम नाफा महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सको नाफा ०.२९ प्रतिशतले बढेर ५ करोड १९ लाख ६१ हजार रुपैयाँ मात्रै रहेको छ ।

 

यता यूनियन लाइफ इन्स्योरेन्सको नाफामा भने १७.९० प्रतिशतले घटेर ६ करोड ३५ लाख २५ हजारमा सिमित बनेको छ । अन्य कम्पनीहरुको नाफामा भने सामान्य सुधार नै देखिएको छ । कोरोनापछि अर्थतन्त्र सामान्य रुपमा अघि बढ्न थाल्दा त्यसको प्रभाव जीवन बीमा कम्पनीहरुमा देखिएको छ । जसले गर्दा नाफा आर्जनमा सुधार हुदै गएको छ । अहिले पुराना भन्दा पनि नयाँ कम्पनी झनै प्रतिस्पर्धी रुपमा अघि बढेका छन् । सानो बीमा बजारमा कम्पनी धेरै हुँदा प्रतिस्पर्धा निकै रहेको छ । जसको लाभ कतिपय नयाँ कम्पनीले लिन थालेको तथ्याङकले देखाएको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १३:०९ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...