काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको विभिन्न वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा वस्तु तथा सेवा आयात ०.१ प्रतिशतले बढेको छ ।
कोरोनाका कारण आयात कम भएपनि अहिले पनि वस्तु तथा सेवा आयात पुरानै लयमा फर्किएको विभागको तथ्याङकले देखाएको छ । गत आवको सात महिनामा वस्तु तथा सेवा आयात ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख १३ हजार रुपैयाँ मात्रै रहेको थियो ।
यस्तै निर्यात ७.६१ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको माघ महिनामा ६४ अर्ब ९७ करोड १२लाख २७ हजार रुपैयाँको रहेको थियो ।
विभागका अनुसार सात महिनाको अवधिमा व्यापार घाटा ०.६६ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ रुपैयाँ छ । जुन गत वर्षको सोही अवधिमा ७ खर्ब ३८ करोड ६३ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:१३ मा प्रकाशित