काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रवार दुई कम्पनीको मूल्य समायोजन भएको छ ।
नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गराएको हो । नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य २ हजार ५०५ रुपैँया तोकेको छ ।
त्यस्तै, नेप्सेले नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि १ हजार ३६४ रुपैँया तोकेको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:३३ मा प्रकाशित