back
NMB ad

मनोरम चित्लाङ…

Kumari bank ad

 

कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामाग्री पूजा गर्ने ? साथ कसोरी लाने हो …..?
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गितवद्ध र रविन शर्माको आवाजमा श्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र “वासुदेव” मा समावेश गरिएको यो मिठो सङ्गितमा पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा स्नातक तहमा अध्ययनरत सर्लाहीकी स्मीता थापा “टिकटक भिडियो” छायाङ्कन गर्दै हुनुहुन्थ्यो । त्यहाँ उहाँ जस्तै भिडियो बनाउने अरु धेरै थिए । तर सबैले यही एउटा मात्र गीतमा भिडियो बनाइरहेका थिए । एउटा ढुङ्गे धारा उनीहरुको एकमात्र “सुटिङ्ग स्पोट” थियो । धाराको डिलमा बसेर कापीकलम बोकेर केही लेखेजस्तो गरेर फोटो खिच्नेहरु पनि प्रशस्त थिए ।
केहीबेर त्यहाँ बसेर त्यो गतिविधि नियाल्ने जो कोहीलाई पनि त्यो धारा र त्यो गीतसँग पक्कै पनि केही न केही अन्तरसम्बन्ध छ भन्ने कुराको भान परिहाल्छ । मनमा पलाएको कौतुहलता मेट्न धारा नजिकै भएको बोर्ड अध्ययन गर्न पनि सकिने रहेछ । बोर्डमा लेखिएको छ “महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचीत “यात्री” कविताको रचनास्थल ‘गुर्जुधारा’ ” ।
मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङ स्थित “गुर्जधारा” चन्द्रागीरीको फेदीमा मकवानपुरपट्टी पर्छ । यातायातको विकास हुनुअघि भारत तथा नेपालका विभिन्न क्षेत्रहरुबाट काठमाण्डौं प्रवेश गर्ने एकमात्र नाका चित्लाङ भएकोले यही मार्ग भएर आउजाउ गर्नु थुप्रै नेपाली र विदेशीहरुको एकमात्र विकल्प थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यही मार्गहुँदै कयौं पटक आवतजावत गर्नुहुन्थ्यो । कुनै कवि सम्मेलनमा सहभागीहुन भारत जान लाग्नुभएका महाकवि देवकोटा एकदिन गुर्जुधारा नजिकै धर्मशालामा बास बस्नुभएको थियो । बासबस्ने क्रममा उहाँले पशुपति दर्शनका लागि भारतदेखि आएका तिर्थयात्रुहरु पहाडी बाटोमा हिड्न नसकेर भरिया मार्फत बोकिएर हिडेको , उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेहरुले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देख्नुभयो । हेर्दा निकैनै धनाड्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरी बसेका भिखारीहरुको भिख र सहयोगको अनुरोध भने नसुनेझै गरी बेवास्ता गरेकोप्रति भावुक भएर महाकविले यात्री कविता लेखेको अग्रजहरुबाट सुनेको बताउनुहुन्छ स्थानीय स्वछन्द्र भैरव माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा होमस्टे संघका केन्द्रीय सल्लाहकार वुद्धरत्न मानन्धर । थानीय होमस्टे सञ्चालकसमेत रहनुभएका मानन्धरका अनुसार ऐतिहासिक व्यापारिक बाटो (सिल्क रोड) मा रहेको गुर्जुधारा चन्द्रागिरी पर्वतको फेदिमा अवस्थित छ । जहाँ महाकवि देवकोटाले रचना गर्नु भएको अनेकौं रचना मध्ये “यात्री” कविता सुप्रसिद्ध भएको छ । र यसै प्रसिद्धिको नाताले मानन्धरले यहाँ एउटा होमस्टे खोल्नु भएको छ । जसको नाम “ गुर्जुधारा होमस्टे “ राखिएको छ ।
चित्लाङमा गुर्जुधारा मात्रै हैन थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरु छन् । जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफूतर्फ आकर्षित गरिरहेकाछन् । मानन्धरका अनुसार चित्लाङ नेपालको पुराना शहरहरु मध्ये एक हो । लिच्छवीकालीन राजा अंशुवर्माले सातौं शताव्दीमा यो शहर बसालेको इतिहासकारहरुलाई उदृत गर्दै मानन्धर बताउनुहुन्छ । चन्द्रगिरीबाट एक घण्टाको पैदल दुरीमा पर्ने चित्लाङ प्राचीन बस्तीको झल्को दिनेखालका घरहरुले मनमोहक देखिन्छ । सम्राट अशोकको प्रतिवद्धता अनुसार उनकी छोरी चारुमतीले बनाएको अशोक चैत्य अर्थात चारुमती बिहार यहाँको प्रमुख पर्यटकीय गन्तव्य अन्तर्गत पर्दछ । तीनवटा गजुर भएको ढुङ्गैढुङ्गाले बनेको पौराणिक शिवमन्दीर पनि यहाँको अर्को आकर्षक गन्तव्य हो । मानन्धरका अनुसार चित्लाङको प्राचीन नाम चित्रापुर हो । उसबेला थानकोटको नाम शोणितपुर थियो । त्यहाँका राजा बाणासुरको पुत्री राजकुमारी उषामैयाको सहेली “चित्रा” ले यहाँको प्राकृतिक सुन्दरतालाइ मनपराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गयो । पछि भारतको सम्राट अशोकपुत्री चारुमती स्वयम्भुको दर्शनार्थ आउँदा चित्रापुरको बाटो हुँदै स्वयम्भुको दर्शन गरिन र काष्ठमण्डप को उत्तरको विशाल मैदान बिचमा एउटा बौद्ध बिहार बनाइन जस्को नाम क्रमशः चाबहीर चाबहिल र चाबेल रहन गयो । यो घटनाक्रम २२ सय वर्ष अघिको थियो र सोही बखत चारुमतीको सहयोगमा यता चित्रापुरमा पनि एउटा “चैत्य” निर्माण भयो, जसलाइ अशोक चैत्य भनिन थालियो । चारैतिरका मान्छेहरुले चैत्य दर्शन गर्न आउन थाले । नेवारहरुले चैत्य आउँदा प्रयोग गरेको यहाँको बाटोलाइ चैत्य लँ भन्न थाले । लँ को अर्थ बाटो हो । चैत्यलँ भनिँदै जाँदा यो चित्रापुर भन्ने ठाउँको नाम नै चैत्यलँ बाट चैत्यलङ चेतलङ हुँदै चित्लाङ हुन गएको बताइन्छ । यस ठाउँको नाम चित्लाङ नामाकरण भएको करिब दुई हजार दुईसय बर्ष जति भएको मानन्धर बताउनुहुन्छ ।
समुन्द्री सतहबाट २५ सय मिटरको उचाईमा रहेको चन्द्रागिरी पर्वतको दक्षिणी पानीढलो पट्टिको भाग चित्लाङमा पर्छ । ऐतिहासिक भालेश्वर महदेवको प्राचीन मन्दीर चित्लाङतिर पर्छ । तर, हाल नयाँ विशाल मन्दीर बनेपछि पुरानो मन्दीरको भने बेवास्ता भएको पाइन्छ । चित्लाङको मुख्यबस्ती समुन्द्री सतहबाट १७ सय ५० मिटरको उचाईमा पर्दछ । दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर ,पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाण्डौंसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ । देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाडी चउर चित्लाङमै पर्दछ । जहाँ सरकारले विगतमा सञ्चालन गरेको भेडा फाम प्रदेश सरकारले बाख्रा विकास फामको रुपमा सञ्चालन गरिरहेको छ । बाख्राको दुध र त्यसबाट बनेको “चिज” का लागि पनि चित्लाङ प्रसिद्ध छ । विगतमा मुलाको लागि प्रशिद्ध चित्लाङ खुर्सानीका लागि पनि उत्तिकै परिचीत छ ।
यहाँ दुईवटा सुविधा सम्पन्न रिसोर्ट र २० वटा होमस्टेहरु सञ्चालित रहेको र त्यहाँ हप्तामा ७ सय देखि एक हजार सम्मले बासबस्ने गरेको बताउनुहुन्छ चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक रामशरण नेपाल । नेपालका अनुसार यहाँ दैनिक मोटरसाइकल वा गाडीमा घुम्न आउने र फर्कनेको संख्या सयौं छ । केही विदेशी तथा अधिकांश नेपाली पर्यटकहरुले भरिभराउ रहने चित्लाङमा एकरात बस्नेगरी जानेहरुको संख्या बढी हुने होटल व्यवसायीहरु बताउँछन् । शुक्रबार यहाँका अधिकांश होमस्टे र रिसोर्टहरु भरिभराउ हुन्छन् ।
एशियामा नेपालमा मात्रै पाइने उँटे भेडा (अल्पाका) पनि चित्लाङमा पालिएको छ । रिस उठ्यो भने थुकेर रिस मार्ने यो प्रजातीको ऊन संसारमा सबैभन्दा महङ्गो ऊन हो । यही जनावरलाई हेर्नका लागि मात्रै वर्षैनी यहाँ हजारौं मानिसहरु आउँछन् । यहाँको अर्को आकर्षण हो, जैतुन खेती । जैतुन स्वास्थ्यवद्र्धक तेलका लागि विश्व प्रशिद्ध छ । अत्यन्तै महङ्गो मूल्यमा विक्री हुने तेल उत्पादन हुने जैतुन वातावरणमा सबैभन्दा अक्सिजन फाल्ने वनस्पती मध्ये पर्दछ ।
चित्लाङमा विदेशको मरुभूमिमा मात्र देख्न पाइने क्वाड बाइक भनिने चारपाङ्ग्रे मोटरसाइकलको मज्जा लिन पनि सकिन्छ ।
यहाँ आउने पर्यटकहरुले भरपुर आनन्द लिएको पाइन्छ । काठमाण्डौंको थानकोटबाट एकदिनका लागि यहाँ आउनुभएकी सम्झना कोइराला चित्लाङको चित्ताकर्षणले लोभ्याएको बताउनुहुन्छ । ग्रामिण स्च्छ वातावरण, पौराणिक चिजबिज, बगान ऐतिहासिक स्थल आदिले उहाँलाई आनन्दित पारेको छ । यो पटक साथीहरुसँग आएँ अब परिवारसँग चाँडै आउछु उहाँले भन्नुभयो ।
हेटौंडाको भूटनदेवी माध्यामिक विद्यालयकी शिक्षिका कुशुम थापालाई पनि चित्लाङ साह्रै मन प¥यो । सहकर्मीहरुसँग घुम्न आउनुभएकी उहाँलाई अर्गानिक खेती, ऐतिहासिक सातधारा , गुर्जुधारा, चन्द्र दरबार, पौराणिक वस्तुहरु आदिको भ्रमणले आनन्दित बनाएको बताउनुहुन्छ । चित्लाङको विकास र पर्यटकीय प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकार लागि परेको थाहानगरका प्रमुख लवशेर विष्ट बताउनुहुन्छ । “हामीले संघीय सरकार तथा प्रदेश सरकारसँग समेत समन्वय गरेर चित्लाङको विकासको लागि थुप्रै योजनाहरु बनाएका छौ , कतिपय काम भइरहेका छन् कतिपय हुँदैछन् ” उहाँले भन्नुभयो । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ फागुन ९ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...