काठमाडौं । आज पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य वृद्धि भएको छ ।
साताको दास्रो कारोबार दिन पनि बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको हो । १० प्रतिशतले मूल्य बढेपछि सोमबार पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
सोमबार नियमित कारोबार शुरु हुनेवित्तिकै १० प्रतिशतले बढेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७७ फागुन १० सोमवार ११:४३ मा प्रकाशित