back
NMB ad

राजनीतिक हल्ला फैलाएर २१.१६ अंकले घट्यो सेयर बजार, इन्फ्रास्टक्चर बैंक र अप्पर तामाकोशीको धेरै कारोबार

Kumari bank ad

काठमाडौं । मंगलबार विभिन्न हल्ला फैलाएर सेयर बजार घटाइएको छ । कारोबारको सुरु देखि नै बजारमा निकै उतार चढाव देखियो ।

यो दिन विशेषत वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको आज फैसाला आउने सक्ने र त्यसले बजारलाई कुनै न कुनै रुपमा असर पार्ने हल्ला फैलाउने काम भयो । यता केही दिन प्रदेश नम्बर २ मा भएको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई समेत लिएर बजार घटाउने प्रयास भएको देखिएको छ । कतिपयले प्रधानमन्त्रीले एकै दिन सुरक्षापरिषद र मन्त्रिपरिषदको नियमित बैठक बोलाएको विषयलाई लिएर विभिन्न प्रचार गरेर बजार घटाउन उद्धत देखिएको जानकारहरुको भनाइ छ ।

 

सेयर बजारका एक जानकारले निरन्तर रुपमा बढेको बजारमा एकाएक अनावश्यक राजनीतिक हल्ला फैलाएर नयाँ लगानीकर्तालाई अन्योलमा पार्नु गलत भएको बताउनु भयो । यसरी चर्चा गर्दा केही लगानीकर्ताले तत्कालको लागि नाफा बुक गरेपनि यसले राम्रो सन्देश भने नजाने बताउनु भयो ।

मंगलबार बजार मापन गर्ने नेप्से सूचक २१.१६ अंकले घटेर इन्डेक्स २५८६.५१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४१ अंकले घटेर ४६७.९४ बिन्दुमा रोकिएको छ ।

 

२०५ कम्पनीको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा टे«डिङ समूहको उपसूचक २६.७३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ ७.७२, विकास बैंक ३०, जलविद्युत १२.४७, निर्जीबन बीमा ५२.०४, उत्पादन तथा प्रशोधन ९५.९९, जीवन बीमा समूहको उपसूचक २०.२ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्टक्चर बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७३ करोड ९४ लाख ५२ हजार ५१८ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको कारोबारमा इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा दोस्रोमा अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी रहेको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १५:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...