back
Kumari Bank

तोकेको अधिकारी बाहेक राष्ट्र बैंकका कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध, सामाजिक सञ्जाल प्रयोगमा जोड

Nepal Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको अधिकारी बाहेक अन्य पदाधिकारी तथा कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना प्रवाहलाई एकद्वारा प्रणालीमा लैजान भन्दै यस्तो व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मंगलबार सूचना तथा सञ्चार नीति-२०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको नयाँ नीति अनुसार बैंकसँग सम्बन्धित कुनै पनि काम कारबाही तथा मुलुकको आर्थिक एंव वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने, बैंकसँग सम्बन्धित आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि काम कारबाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा कुनै पनि समयमा सम्बन्धित डेपुटी गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ताले मात्रै सञ्चार माध्यमलाई सूचना दिनेछन् । कुनै विभागको काम कारबाहीको बारेमा गभर्नरको स्वीकृतबमोजिम कामकारबाहीको बारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्नेछ ।

यस्तै राष्ट्र बैंकले सूचना तथा जानकारीलाई प्रभावकारी बनाउन भन्दै सामाजिक सञ्जालको प्रयोगलाई बढावा दिने भएको छ । सूचना आदान प्रदानको लागि फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालकोमा जोड दिने भएको हो । बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्ने व्यवस्था गरेको छ ।

सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा हुनेछ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्ने भएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १८:३१ मा प्रकाशित

You can share this post!

एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति दिंदैछ ?

एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति दिंदैछ ?

वि.सं.२०८२ असार १५ आइतवार १२:४५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने आज...

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध   

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध   

वि.सं.२०८२ असार १५ आइतवार १२:३४

मध्यविन्दु (नवलपरासी) : बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको...

महालक्ष्मी विकास बैंकद्वारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

वि.सं.२०८२ असार १५ आइतवार ११:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

आज र भोलि विभिन्न १२ जिल्लामा अति भारी वर्षा हुने सम्भावना   

आज र भोलि विभिन्न १२ जिल्लामा अति भारी वर्षा हुने सम्भावना   

वि.सं.२०८२ असार १५ आइतवार ११:२३

काठमाडौँ  : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम...

माबिलुङ्ग इनर्जीको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

माबिलुङ्ग इनर्जीको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८२ असार १५ आइतवार ११:१५

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आगामी असार २२ गतेदेखि आईपीओ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८२ असार १५ आइतवार ०६:५०

काठमाडौँ :  सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको...