काठमाडौं । सेयर कारोबार सुरु भएको २० मिनेट पछि नेप्सेको सिस्टममा समस्या देखिएको छ । कारोबार सुरु भएको केही समय बढेको बजार एकाएक ८८.२४ अंकले घटेर २४९८.२७ बिन्दुमा रहेको छ ।
यो समाचार तयारपार्दासम्म १८३ कम्पनीको २१ लाख १० हजार बढी कित्ता सेयर १ अर्ब १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको देखाएको छ । त्यस्तै नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य शून्य देखाएको छ ।
यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९४ रुपैयाँले घटेको देखाएको छ । लगानीकर्ताहरुले कारोबारको लागि बाइ तथा सेल अर्डरमा समस्या भएको गुनासो समेत गरेका छन् ।
वि.सं.२०७७ फागुन १२ बुधवार ११:१८ मा प्रकाशित