back
NMB ad

नेप्सेका कारण लगानीकर्ता निरास, सेयर बजारमा दोहोरो अंकको सुधार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिस्टममा देखिएको खराबीका बाबजुत पनि सेयर बजारमा सुधार देखिएको छ । नेपाल इन्फ्रास्टक्चर बैंकको कारोबारमा समस्या देखिँदा नेप्सेको इन्डेक्स नै तलमाथी भएको थियो ।

बुधबारको कारोबारमा लगानीकर्ताहरुलाई अर्डर राख्न समेत समस्या भएको थियो । यो दिन नेप्सेको सिस्टमले गर्दा लगानीकर्ता निरास समेत बनेका थिए । सिस्टममा समस्या आउँदा लगानीकर्तालाई इन्डेक्स हेरेर कारोबार गर्न निकै समस्या भएको छ । सिस्टममा समस्या आउँदा पनि नेप्से मापन सूचक १२.५६ अंकले बढेर इन्डेक्स २५९९.०७ अंकले बढेको छ ।

२०४ कम्पनीको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको सूचकमा सुधार देखिएको छ । बैंकिङ समूह १५.०६, विकास बंक १८.७१, निर्जीन बीमा १८४.३४, उत्पादन तथा प्रशोधन ५४.०४, माइक्रोफाइनान्स २२.१५, जीवन बीमा समूहको उपसूचक १८०.८९ अंकले बढेको छ । जलविद्युत समूहको उपसूचक २२.९३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५८ करोड २५ लाख ७५ हजार ८२९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आईएमई जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।इन्फ्रास्टक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ फागुन १२ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...