back
NMB ad

‘नियामक निकायको गैह्र जिम्मेवारीले लगानीकर्ताको सम्पती असुरक्षित भयो’

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ता संघ संस्थाहरुले नियामक निकायको गैह्र जिम्मेवारीका कारण आफ्नो सम्पती असुरक्षित भएको दाबी गरेका छन् । लगानीकर्ताका ५ वटै संगठन नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजिबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले सामूहिक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् ।

संस्थाहरुले नेप्सेको अनलाइनमा सुरुदेखि नै विभिन्न समस्या देखिएको र अहिले पनि त्यही समस्या कायमै भएका कारण लगानकिर्ताको सम्पती असुरक्षित भएको संघको दाबी छ । पुँजीबजारमा भर्खरै सर्वसाधारण जनताको चासो र विश्वास बढ्दै गरेको, देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको समयमा बुधबार अचानक नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरलाई हतियार बनाएर परिसुचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाई लगानिकर्ताहरूको मनोविज्ञानसँग खेलवाड गरेको आरोप रहेको छ ।

यसमा संलग्न व्यक्ति, संस्था वा निकायहरूको अवान्छित गतिविधीलाई लगानिकर्ताहरूले सहेर नबस्ने जनाइएको छ । यस्तो समस्या यथासिघ्र सम्बोधन गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ । बुधबार (आज) बैंकको कारोबारलाई अप्राकृतिक मुल्य र त्यसले समग्र परिसुचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानिकर्ताको मनोविज्ञान नराम्रो धक्का लागेको विज्ञप्तिमा उल्लेख छ ।

‘पुँजीबजार सन्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्था बाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सन्चालन गर्दै आएका र हामिले जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बाट ग्रसित भएर पुँजीबजार सन्चालन गरिरहेका छन भन्ने कुरा आजको शेयर कारोवार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुन पुष्टि गरेको छ’ जारी विज्ञप्तिमा भनिएको छ ‘हामी पुँजीबजारमा कारोबार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले बारम्बार गुनासो गर्दै आएको टिएमएस नेप्सेको वेवसाइटको समस्या मेरो सेयरको समस्या त्यसमा पनि अनलाईन कारोवार गर्दा लगानिकर्ताका कुनै पनि कमि कमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये इडिआईएसकोे मुख्य समस्याले गदौ क्लोज आउटमा मा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको व्यहोरा छ ।’

वि.सं.२०७७ फागुन १२ बुधवार १८:१७ मा प्रकाशित

You can share this post!

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...