काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर ८९ हजार ३ सय रुपैयाँ रहेको छ । बधुबार प्रंतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । बुधबार ८९ हजार ३५० रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको थियो ।
वि.सं.२०७७ फागुन १३ बिहीवार १२:२७ मा प्रकाशित