काठमाडौं । भोलि महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड हुने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर भोलि (फागुन १४ गते शुक्रबार) बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जानकारी दिएको छ ।
साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने भएको छ । महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।
कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ ।
वि.सं.२०७७ फागुन १३ बिहीवार १२:४७ मा प्रकाशित