काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले ओरालो घटेको छ ।
शुक्रवार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर ८८ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८७ हजार ८५० रुपैयाँ छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज प्रतितोला दश रुपैयाँले घटेर १३ सय २५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन १६ आइतवार १०:५६ मा प्रकाशित