back
NMB ad

प्रधानमन्त्री ओलीद्वारा दमक जोडिने चार पुलको उद्घाटन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्लाको दमकबाट अन्य पालिकासँग जोडने चार पक्की पुलको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुल, दमक–१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुल र सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने रतुवा खोलामा निर्मित पुलको एकै पटक उद्घाटन गर्नुभएको हो ।

दमक– १० सेतुमारीदेखि गौरादह– ५ बालुबथान जोडिने ३०० मिटर लामो रतुवा खोलामा ३३ करोड ५२ लाख रुपैयाँमा निर्माण भएको छ ।
मोरङको उर्लाबारीको राजघाट जोड्ने ११ मिटर चौडाइ तथा ४०० मिटर लम्बाइ रहेको पुल ५० करोड २० लाख २ हजार २०० रुपैयाँ निर्माण भएको हो । मावामा निर्माण भएको २५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुलको लागत ३० करोड २२ लाख ९१ हजार ७५० रुपैयाँ रहेको छ ।

दमकदेखि उर्लाबारी नगरपालिकास्थित आमबाडी जोड्ने मावा खोलाको अर्काे ११ मिटर चौडाइ र २०० मिटर लम्बाइ रहेको पुलको लागत २२ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको छ ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ फागुन १६ आइतवार १७:०३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...