back
NMB ad

बैंकमा कर्जाको माग बढ्योः २३ अर्ब निक्षेप संकलन गर्दा ४५ अर्ब ऋण लगानी, सेयर बजारमा देखिएला असर ?

Kumari bank ad

काठमाडौं । फागुन दोस्रो सातासम्म आईपुग्दा वाणिज्य बैंकहरुले ३८ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । फागुन महिनामा मात्रै बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

 

नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तमा वाणिज्य बैंकले ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । फागुन पहिलो सातामा आईपुग्दा योरकम १३ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । दोस्रो साता आईपुग्दा यो रकम १० अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

 

संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । दुई साताको अवधिमा यो रकम ४५ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले फागुन पहिलो साता ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकले एक सातामा यो रकम २७ अर्ब रुपैयाँले बढाएका छन् ।

 

फागुनको दोस्रो साता बैंकहरु निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा आक्रमक देखिएका छन् । यो साता बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी २७ अर्बले बढेको छ । पछिल्लो समयमा कोरोनाको असर कम देखिन थालेपछि बैंकमा कर्जाको माग बढ्न थालेको छ । जसका कारण फागुन पहिलो साता १८ अर्ब रुपैयाँले बढेको कर्जा लगानी दोस्रो साता आईपुग्दा २७ अर्ब रुपैयाँले बढेको छ ।

 

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ यतिबेला बैंकको ब्याजदर सस्तो भएका कारण र कोरोना सहज बन्दै गएकाले तत्कालिन भन्दा पनि दिर्घकालिन महत्वका आयोजनामा ऋण जाने क्रम बढेको बताइन थालेको छ ।

 

एक बैंकर्सका अनुसार अहिले बजारमा तरलता सकिन लाग्यो, ब्याज बढाउँछन, सेयर बजार घट्छ भन्ने हल्ला चलेको छ । यसरी हल्ला चल्नुको कुनै अर्थ नरहको बताउनु भयो । उहाँका अनुसार यस्तो हल्ला गर्नु भन्दा पनि अगाडि हामीले गत वर्षको यही अवधिको तथ्याङक हेर्न आवश्यक रहेको छ ।

 

गत वर्षको यही अवधिमा बजारमा तरलता सरप्लस १० अर्ब पनि नरहेको र अहिले बजारमा तरलता सरप्लस ६०, ६५ अर्बको हाराहारीमा रहेको उहाँको भनाइ छ । कोरोनाको अवधिमा लोनको ग्रोथ रेसियो डिपोजिटको तुलनामा कम नै भयो । कोरोनाको समयमा सबै काम थप्प हुँदा लोनको माग ज्यादै कम थयो । त्यो बेला ब्याजदर बटम लाइनमा आएको थियो । कोरोनापछि समग्र क्षेत्र चलायमान हुन थालेको एक महिनामा नै आँत्तिहाल्नु पर्ने अवस्था नभएको ती बैंकर्सको भनाइ छ ।

 

अहिले एक्सेस लिक्विडीटी विस्तारै मपअप हुँदै गएको उहाँको भनाइ छ । बैंकहरुमा रहेको अत्याधिक तरलता हुँदा बैंकहरुलाई गरेको गाह्रो अहिले सहज हुँदै गएको उहाँको तर्क छ । यसले बैंकहरु हाहाकार गर्छन भन्ने अवस्था नहुने उहाँले बताउनु भयो ।

वि.सं.२०७७ फागुन १७ सोमवार १७:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...