back
NMB ad

बीमा कम्पनीको लगानीः प्राथमिकता प्राप्त क्षेत्रमा १ % पुगेन, मुद्दति निक्षेपमा ७२.७५, सेयर बजारमा ६.३४ %

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेको जीवन बीमा, निर्जीबन बीमा र पुनर्बीमा कम्पनी बीमा समितिले तोकेको क्षेत्रमा लगानी गर्नु भन्दा पनि बैैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राखेर ब्याज खान पल्केका छन् ।

बीमा कम्पनीहरु लगानीको क्षेत्र विस्तार भएन भनेर भन्दै गर्दा पनि उनीहरुले समितिले तोकेको क्षेत्रमा लगानी गर्नु भन्दा पनि ब्याज मात्रै खाएर बसेको तथ्याङकले देखाएको छ ।

समितिले ‘बीमकको लगानी निर्देशिका २०७५’ सरकारको बचत तथा ऋणपत्रमा कुल टेक्निकल रिजर्भको न्यूूनतम ५, ‘क’ वर्गको बैंक र पूर्वाधार बैंकको मुद्दति निक्षेपमा न्यूनतम ४०, घर जग्गामा बढीमा ५, सूचीकृत कम्पनीको साधारण सेयरमा बढिमा १०, ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत कम्पनीको डिबेन्चरमा बढिमा २०, कृषि,पर्यटन र जलस्रोत लगायत पूर्वाधारमा बढिमा २०, म्यूतुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा २०, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दतीनिक्षेपमा बढीमा १० र अन्य क्षेत्रमा लगानी गर्नु भनेको छ ।

तर सबै बीमा कम्पनीहरुले तोकेको प्राथमिकताप्राप्त क्षेत्रमा भन्दा पनि बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राखेर ब्याज खाइरहेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ वटा जीवन बीमा, २० वटा निर्जीबन बीमा र एउटा पुनर्बीमा कम्पनीले पुसमसान्तसम्म ३ खर्ब ८८ अर्ब ९८ करोड ४६ लाख ९३ हजार रुपैयाँ लगानी गरेका छन् ।

समितिका अनुसार जिवन बीमा कम्पनीले ३ खर्ब २५ अर्ब ४५ करोड ३६ लाख ६५ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ६३ अर्ब ५३ करोड १० लाख २८ हजार रुपैयाँ लगानी गरेको देखिएको छ ।

समितिका अनुसार कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्ने भनेकोमा ७२.७५ प्रतिशत लगानी गरेका छन् । बीमा कम्पनीहरुले कृषि, पर्यटन, जलस्रोत लगायत पूर्वाधारका क्षेत्रमा ०.९७ प्रतिशत लगानी गरेका छन् । यस्तै सेयर बजारमा ६.३४ प्रतिशत लगानी गरेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार कम्पनीहरुले ६ महिनामा वाणिज्य बैंकको मुद्दति निक्षेपमा जीवन बीमा कम्पनीहरुले २ खर्ब ३७ अर्ब २८ करोड ७९ लाख ११ हजार रुपैयाँ लगानी गरेका छन भने निर्जीबन बीमा कम्पनीले ४५ अर्ब ९० करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै विकास बैंकहरुको मुद्दति निक्षेपमा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५९ करोड ५२ लाख ८० हजार रुपैयाँ र निर्जीबन बीमा कम्पनीहरुले ५ अर्ब ९० करोड ५३ लाख ३४ हजार रुपैयाँ लगानी गरेका छन् । यस्तै वित्त कम्पनीहरुको मुद्दति निक्षेपमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७५ करोड ५४ लाख ७० हजार रुपैयाँ जीवन र निर्जीबन बीमा कम्पनीले ८१ करोड ९६ लाख ४२ हजार रुपैयाँ लगानी गरेका छन् ।

‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले २९ अर्ब ४० करोड ८ लाख १६ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ७० करोड २० लाख ९१ हजार रुपैयाँ लगानी गरेका छ्न् ।

सूचीकृत सेयरमा जीवन बीमा कम्पनीले १८ अर्ब ८७ करोड ५९ लाख ५४ हजार रुपैयाँ लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ३ लाख ७६ हजार रुपैयाँ लगानी गरेका छ ।

यस्तै कृषि, पर्यटन, जलस्रोत, लगायत पूर्वाधारका क्षेत्रमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५५ करोड ६० लाख ४० हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २३ करोड ९२ लाख ६७ हजार रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले घर जग्गामा ज्यानै न्यून लगानी गरेको छ । घरजग्गामा जीवन बीमा कम्पनीले मात्रै ४२ करोड २ लाख २६ हजार रुपैयाँ लगानी गरेका छन् ।

वि.सं.२०७७ फागुन १९ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...