back
NMB ad

राजस्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेलाई करिब साढे ४७ अर्बको माग दाबीसहित मुद्दा दायर

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले ३३ महिनामा राजस्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेलाई ४७ अर्ब ३३ करोड रुपैयाँ मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजस्व चुहावट तर्फ २२० वटा मुद्दामा ७८० जनालाई ३६ अर्ब ६१ करोड बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर भएको छ ।

अन्य कयौं मुद्दाहरु अनुसन्धानको क्रममा रहेका छन् । यस्तै विदेशी विनिमय अपचलन तर्फ ४४० जनालाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड बिगो असुल गर्न मागदावी लिई मुद्दा दायर गरिएको छ ।

महानिर्देशक मैनालीका अनुसार यो अवधिमा ७ अर्ब भन्दा बढि बिगो कायम भएका १७ वटा मुद्दाहरु रायको लागि सरकारी वकिलको कार्यालयमा पठाइएको छ । अन्य कयौं मुद्दाहरु अनुसन्धानको क्रममा रहेको विभागको भनाइ छ ।

मैनालीका अनुसार मूल्य अभिवृद्धि करका झुट्ठा तथा नक्कली विजकबाट ठूलो परिमाणमा करछलि गर्ने माथि अनुसन्धान गरी १९ अर्ब भन्दा बढिको मागदावी लिई १६० वटा मुद्दा दायर गरी सकिएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ मा समयानुकूल परिमार्जन गरी अनुसन्धान तथा अभियोजन र न्याय निरुपण प्रभावकारी हुने व्यवस्था गरिएको छ । अनुसन्धान कार्यलाई सूचना, प्रमाण, प्रविधि र ज्ञानमा आधारित बनाउने पद्धति अवलम्बन गरिएको मैनालीको भनाई छ ।

व्यवसायिक पारदर्शिता कायम गर्ने, स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने, राजस्व चुहावट नियन्त्रण गरी कराधारको व्यापक विस्तार गर्न वेभमा आधारित भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम २०७६ साउन १ गतेबाट शुरु गरिएको उहाँको भनाई छ ।

हालसम्म १ लाख १३ हजार प्रयोगकर्ता बनिसकेका छन् । ४१ खर्ब भन्दा बढिको सूचना संग्रह भएको छ । एक करोड ५० लाख भन्दा बढि विलविजक, प्रज्ञापनपत्र र चलान प्रणालीमा प्रवृष्ट भएका छन् ।

महानिर्देशक मैनालीका अनुसार व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी साधन र मालवस्तुको संक्षिप्त विवरण भिसिटिएसमा प्रवृष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ । भिसिटिएस पालना नगर्ने माथि अनुगमन बढाइएको छ । यसबाट राजस्व छलि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १७:५६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...