back
NMB ad

मोबाइल र इन्टरनेट बैंकिङ कारोबारको सिमालाई राष्ट्र बैंकले दोब्बर बढ्यो

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीबाट हुने कारोबार सीमालाई बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कारोबारको सीमा बढाएको हो । केन्द्रीय बैंकले मोबाइल बैंकिङ, मर्चेन्ट बैंकिङ र एकाउन्ट ट्रान्सफरबाट हुने कारोबारको सीमालाई बढाएको हो ।

मोबाइल बैंकिङद्वारा दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । २०७७ भदौ ११ गते जारी गरेको निर्देशिकामा प्रतिदिन १ लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था रहेको थियो । यस्तै मर्चेन्ट बैंकिङद्वारा गरिने कारोबारको सीमालाई बर्ढार प्रतिदिन २० लाख रुपैयाँ पुर्याइएको छ ।

यो सीमा यसअघि दैनिक १० लाख रुपैयाँ कारोबार गर्ने व्यवस्था रहेको थियो । केन्द्रीय बैंकका अनुसार इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) को सिमा बढाएर दैनिक २० लाख रुपैयाँ दैनिक कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि यो सीमा दैनिक १० लाख रुपैयाँ रहेको थियो ।

वि.सं.२०७७ फागुन १९ बुधवार १८:३० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...