back
NMB ad

बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा गोल्ययान पुनः निर्विरोध, १५ सदस्यीय कार्यसमिति चयन

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) अध्यक्षमा पुनः पवनकुमार गोल्ययान निर्विरोध चयन हुनुभएको छ ।

शनिवार सम्पन्न प्रथम वार्षिक साधारण सभाले गोल्यानको अध्यक्षतामा १५ सदस्यी कार्यसमिति निर्विरोध चयन गरेको हो ।समितिको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा विकास बैंकहरुको तर्फबाट राजेश उपाध्याय रहनुभएको छ ।

महासचिवमा केशव बहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडियलाई चयन हुनुभएको छ ।

सदस्यहरुमा पृथ्वी बहादुर पाँडे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयहरुबारे जानकारी गराउँदै संस्थालाई राष्टकै अभिन्न अंगकोरुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौ साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागिपर्ने विषयमा जोड दिनुभयो ।

राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहलगायत अन्य पदाधिकारी तथा सदस्यहरुले समेत सिविफिनलाई नयाँ उचाइमा पुर्याउनका लागि कार्यसमितिले अबलम्वन गर्ने कार्यदिशा र रणनीतिका बारेमा जानकारी गराउनु भयो ।

वि.सं.२०७७ फागुन २३ आइतवार १०:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...