काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ बढेर ८६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन ८५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजावी सुनको मूल्य ८५ हजार ५६० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन २३ आइतवार ११:१३ मा प्रकाशित