back
NMB ad

महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सहकारी सचेतना

Kumari bank ad

पर्वत । अन्ताष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका महिला शेयर सदस्यहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

सहकारी सदस्यहरुको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो, अध्यक्ष अधिकारीले भन्नुभयो–सहकारीमा लागेका महिलाहरुलाई आयआर्जन गर्न, खर्च व्यवस्थापन गरी वचत गर्न तथा समुदायमा सहकार्यको भावना विकास गर्नका लागि सहकारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमार्फत महिलाहरुको आर्थिक विकासमा सहज वृद्धि गर्न सकिने भएकाले सहकारीहरुले महिलाको सहभागिता, नेतृत्व तथा क्षमता विकाससंगै आर्थिक अभियानमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साना किसान सहकारी संस्था मल्लाजका अध्यक्ष हेम कुमारी अधिकारीले महिलाहरुको राज्यका हरेक क्षेत्रमा सहभागिता बढ्दै गएकाले अबका दिनमा सहभागितासंगै सशक्तिकरणमा ध्यान दिर्ने पर्ने बताउनुभयो ।

उहाँले महिलाहरुलाई संविधानले नै ३३ प्रतिशत सहभागिता ग्यारेण्ट गरेको अवस्थामा सबै क्षेत्रमा गुणस्तरीय र प्रभावकारी सहभागिताका लागि दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।

संस्थाले शनिवारदेखि नै तालिमको शुरुवात गरेको थियो । पहिलो दिन सहकारीका सञ्चालक र कर्मचारीहरुका लागि सहकारी लेखा व्यवस्थापन सम्बन्धी र दोस्रो दिन पुरुष शेयर सदस्यहरुका लागि सहकारी सचेतना तालिम सम्पन्न भएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र सहकारी म्यानेजर्स क्लव बागलुङका अध्यक्ष दिपक राजभण्डारीले सहजीकरण गर्नु भएको छ ।

आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा साढे ३ सय जना शेयर सदस्य, ३ करोड ३० लाख शेयर रकम, वचत ११ करोड ५० लाख र ११ करोड ६२ लाख कर्जा लगानी रहेको छ ।

संस्थाले बहुउद्देश्यीय अन्तरगत १ करोडको लागि उपभोक्ता भण्डार सञ्चालन गर्न लागेको संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १०:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...