काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाले सेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारसभाबाट पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७७ फागुन २५ मंगलवार १०:४५ मा प्रकाशित