काठमाडौं । धितोपत्र बोर्डका अनुसार बुक बिल्डिङ विधिको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने संस्थाको संख्या ७४ पुगेको छ । बोर्डका अनुसार बुक बिल्डिङ विधिका लागि थप १० वटा कम्पनीले अनुमति पाएसँगै यस्ता कम्पनीको संख्या ७४ पुगेको छ ।
संस्थागत लगानीकर्ताको रुपमा काम गर्नको लागि उषा इन्भेष्टमेण्ट, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी एण्ड आर. वि. हाइड्रोपावर, विशाल ग्रुप, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेण्ट, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र सिड इन्फ्रा प्रा.लि रहेका छन् । यसअघि पहिलो चरणमा ४६ वटा र गत माघ २० गते १८ वटा कम्पनी थपिएका थिए ।
वि.सं.२०७७ फागुन २६ बुधवार १७:५३ मा प्रकाशित