back
NMB ad

आगामी आवको बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय, चैत १० भित्र सुझाव पठाउन आग्रह

Kumari bank ad

काठमाडौं । यतिबेला अर्थमन्त्रालय तथा मातहतका निकाय आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको निर्माणका लागि तिब्र रुपमा जुटेका छन् ।

यतिबेला राष्ट्रिय योजना आयोगले आगामी आवको बजेट निर्माणको लागि भन्दै बजेट तर्जुमा दिग्दर्शनमा भएको ढाँचा अनुसार मन्त्रालय एवं निकायलाई आवश्यक सुझाव र सिलिङ पठाउन पत्राचार गरिसकेको छ । आयोगले अर्थलाई आगामी आवको बजेटको सिलिङ समेत पठाइसकेको बताइएको छ ।

अर्थ मन्त्रालयलेको राजस्व परामर्श समितिको गैर कर राजस्व उप समितिले सूचना नै जारी गरेर आगामी आव २०७८÷०७९ को आर्थिक ऐन तथा बजेट तर्जुमा सन्दर्भमा गैर कर राजस्व प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार, प्रकृयागत सरलीकरण सम्बन्धी सुझाव पठाउन आग्रह गरेको छ ।

उप समितिका अनुसार चैत १० गते भित्र आवश्यक सुझाव सम्बन्धित संघ संस्था, सरकारी निकाय तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ । आगामी आवको बजेट लेखनको नेतृत्व गर्न अर्थमन्त्री पौडेलले मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिनु भएको छ । डा. घिमिरेको संयोजकत्वमा बजेट लेखनकार्य सुरु भएको छ ।

घिमिरेको नेतृत्वको समूहमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा र योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहनु भएको छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १०:४१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...