back
NMB ad

सदस्यको समृद्धिका लागि सारथी बन्दै सहकारीः उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै

Kumari bank ad

काठमाडौं । सदस्यहरुले संकलन गरेको स-सानो बचतलाई परिचालन गरेर रोजगारी सृजना गर्ने, भुमिहिनलाई आवास निर्माणमा सघाउने, सदस्यहरुले गरेको उत्पादनलाई बजारिकरण गर्ने, उत्पादनको लागि प्रोत्साहन गर्ने, लगानीको बाताबरण सृजना गर्ने कामलाई पूर्व नेपालका सहकारीहरुले प्राथमिकतामा राखेका छन् ।

पुर्वी नेपाल झापाको दमकमा रहेका मेचि सहकारी संस्थाले आवास आवश्यक पर्ने सदस्यहरुलाई आवास दिलाउने उद्देयका साथ ५२ वटा घर बनाउने योजना बनाएको छ । सहकारीले बनाउने एउटा घरको मूल्य ४५ लाख रुपैयाँ पर्ने छ । उक्तघर सदस्यले पाउने छन् । घर डेढ तलाको हुनेछन् । उक्त घर लिने सदस्यले एकै पटक भने भुक्तानी गर्नुपर्ने छैन् ।

सहकारीका अध्यक्ष नारायण भट्टराईका अनुसार घर आवश्यक पर्ने सदस्यहरुले पैसा किस्तामा तिर्दा हुन्छ । जुन सदस्यलाई घर आवश्यक छ, जसले मासिक किस्ता तिर्न सक्छ उनीहरुले घर लिन सक्नेछन् । सहकारीको यो योजनाले सदस्यहरु आकर्षित भएको उहाँको भनाई छ । संस्थाका अनुसार संस्था बहुउद्देश्यीय भएकोले एकल वा साझेदारी रुपमा व्यवसाय सञ्चालन गर्ने उद्देश्यका साथ सहकारी बस्ती निर्माणका लागि आवश्यक पर्ने १ विगाहा १६ कठ्ठा जमिन खरिद गरी आवश्यक निर्माण कार्यको पूर्वाधार समेत तयार भइसकेको जनाएको छ ।

२०५४ सालबाट सुरु भएको सहकारीले सदस्यलाई घर बनाउने मात्रै होइन रबर उद्योग सुरु गर्ने, माछा पालन गर्ने लगायतका काममा लगानी गर्ने भएको छ । यो संस्थाले सहकारी बैंकको सदस्यता २०६० सालमा लिएको हो । सहकारीलाई बैंकले २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सबैभन्दा धेरै सदस्य भएको संस्थाको रुपमा सहारा नेपाल बचत तथा ऋण सहकारीलाई सबैले चिन्ने गरेको पाइन्छ । सहकारी संस्थाले आफ्ना सदस्यको हितमा विभिन्न खालका ऋण दिने, विशेषतः कोरोनाको समयमा लघुबित्त मार्फत ऋण दिएको र त्यसमा ९५ प्रतिशत महिलाको सहभागी रहेको जनाएको छ ।

सहकारीले कोरोना प्रभावितलाई ११ प्रतिशतमा ब्याज दिने गरेको जनाएको छ । सहकारीले सदस्य बिरामी पर्दा आर्थिक सहयोग गर्ने उद्देश्यले स्वास्थ्य बचत खाता सञ्चालमा ल्याएको छ । त्यो खातामा मासिक २ सय रुपैयाँ बचत गर्नेले विभिन्न खाले उपचारमा सहयोग तथा कतिपय उपचार निुःशल्क पनि गर्ने व्यवस्था संस्थाले गरेको छ ।

सहकारीले २०८० पछि आफ्ना सदस्यलाई अप्रेसन गर्दा छुट दिने तथा अप्रेसनमा लाग्ने औषधि दिने व्यवस्था गर्ने भएको छ । नेपालम मात्रै नभएर भारतमा गएर कुनै रोगको उपचार गरेको खण्डमा पनि सदस्यले सहयोग पाउने छन् । प्रेसर, सुगर थाईराइड हुनेलाई उपचार गर्न लागेको खर्चमा आधा पैसा संस्थाले नै दिने छ । यसको लागि स्वास्थ्य बचत खाता भने खोलेको हुनुपर्छ । सहकारी आफैले डाईलाईसिस गर्ने व्यवस्था पनि गर्न लागेको जनाएको छ ।

सहकारीले सदस्यको उत्पादन बढाउन भन्दै खोतीयोग्य जमिनमा माटो जाँच्ने टिम बनाउँन लागेको छ । जसले गर्दा माटोका कारण उत्पादनमा समस्या हुने छैन् ।

उक्त क्षेत्रमा मानिस कोही वैदेशिक रोजगारीमा गएर फर्केपछि आफ्नो ठाँउमा काम गर्न चाहनेलाई अटो उपलब्ध गराएको छ । ५ लाख ८० हजार रुपैयाँ पर्ने अटोलाई १ लाख २० हजार डाउन पेमेन्टमा उपलब्ध गराएको छ । यसको लागि संस्थाको सदस्य भने हुनैपर्छ ।

अहिले सहकारीले ऋण लगानीमा बैकसँग प्रतिस्पर्धा गर्ने रणनीतिका साथ अघि बढेको जानकारी गराएको छ । मुदायमा आधारित दीगो, प्रतिस्पर्धी र उत्कृष्ट सहकारीको रुपमा रहेको साहाराले काम गरिरहेको छ ।

परिश्रमका साथै फलको पनि उत्तिकै आशा गर भनेर परिश्रम गर्ने महिलाहरुको लागि जिविकोपार्जनको भरपर्दो माध्यम बनेको छ श्री शिवसतासी महिला मौरि पालन सहकारी संस्था ।

यो संस्थामा ४८६ जना महिला सदस्य रहेका छन् । जसमा ३२० जनाले मौरिपालेका छन् । यो सहकारीले बार्षिक २० टन मह सदस्यहरुबाट संकलन गर्छ । यो सहकारीका सदस्यहरुले पालेका मौरीबाट आउने महले क्यान्सर रोगलाई समेत औषधीको काम गर्छ । महको चोपले क्यान्सरको पहिलो चरणको उपचार हुन्छ भन्ने मान्यता रहको छ ।

मौरी पाल्नेहरुको लागि सबैभन्दा चुनौतीको विषय भनेको मौरी चराउन नै हो । मौरी चराउन झापा, मोरङ, चीतवनहुँदै दाङसम्म लैजाने गर्नुपरेको छ । यहाँ उत्पादन भएको मह ताप्लेजुङदेखि काठमाडौसम्म बजारिकरण गर्ने गरिएको छ ।

सहकारीले विपन्न महिलालाई २ घार मौरी दिने गरेको छ । त्यो पछि फिर्ता गर्नुपर्छ । सदस्यले उत्पादन गरेको मह नबिक्ला की भन्ने चिन्ता भने छैन । मह सबै संस्थाले लिने गरेको छ । यसले गर्दा वैदेशिक रोजगारी रोकेको संस्थाकी अध्यक्ष देवी कुमारी ओलीले बताउनु भयो ।

उक्त सहकारीले उत्पादन गरेको मह विदेशमा निर्यात पनि हुने गरेको छ । विभिन्न कम्पनीले मह लैजाने र त्यो मह विदेशमा निर्यात हुने गरेको छ ।

सहकारीले मह प्रति किलो ५६० रुपैयाँमा बिक्री गर्ने गरेको छ । सहकारीले मह सदस्यसँग तोरि बारीमा चराएको महलाई ३६० रुपैयाँ, जंगलमा चराएको महलाई ४५० रुपैयाँ र फापरमा चराएको महलाई ३२० रुपैयाँमा किन्ने गरेको छ ।

अध्यक्ष ओलीका अनुसार उहाँले वर्षमा १ देखि ३५ लाख रुपैयाँसम्मको मह बेच्नु भएको छ । ३५ लाखको मह बिक्री गर्दा १० लाख खर्च भएको बताउनु भयो । सहकारीले मह प्रशोधन गर्नको लागि ४० लाखको प्लान्ट बताउने क्रममा रहेको छ । उक्त सहकारीलाई सहकारी बैंकले २० लाख कर्जा लगानी गरेको छ ।

बराहक्षेत्र नगरपालिका-२ सुनसरीमा रहको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थामा सहकारी बैंकले ३ करोड ५० लाख ४५ हजार ८८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

२०५५ सालमा खुलेको सहकारी संस्था पहिला सुकुम्बासी क्षेत्रमा रहेको थियो । २७ जना महिलाले दैनिक १ रुपैयाँ बचत संकलन गरेर सुरु गरेको सहकारीको कहिले कुल सेयर पुँजी ८ करोड ७७ लाख ६५ हजार ७ सय रुपैयाँ रहेको छ । सहकारीको मुख्य प्राथमिकताको क्षेत्र गाइफार्म नै हो । सहकारीले १७५ वटा गाई पालन गरेको छ । अहिले उक्त फार्ममा १९ जनाले रोजगारी पाएका छन् ।

सहकारीले सदस्यहरुलाई २ लाख रुपैयाँसम्म बिना धितो र धितोमा ५० लाख रुपैयाँसम्म ऋण लगानी गरेको अध्यक्ष सिता भण्डारी पौडेलको भनाइ छ । सहकारीले गाइको उपचारको लागि २० रुपैयाँसम्म दिने गरेको छ । संस्थाले पशु बीमा, जीवन बीमा, भेटनरी सेवामा सदस्यलाई सहजिकरण गर्ने गरेको छ ।

सहकारीको सदस्यले उत्पादन गरेको दूधको बजारीकरण गर्ने गरेको छ । यस्तै सहकारीले आफ्नो गोठमा उत्पादन भएको गाई किसानलाई उधारोमा दिने गरेको छ भने गाईको औषाधि उपचारमा २० प्रतिशतसम्म छुट र बीमा बापत लाग्ने आधा रकम सहकारीले नै व्यहोर्ने गरेको छ ।

सहकारीले दैनिक १० लिटर दूध दिने गाईको मूल्य ७५ हजार रुपैयाँ राखेको छ । सहकारीले नयाँ बुहारिलाई संस्थाको सेयर उपहार दिने योजना ल्याएको छ । गत वर्ष ७ जना र यो वर्ष ९ जना बुहारीलाई सेयर उपहार दिएको छ ।

यो योजना सबैका लागि आकर्षक नै रहेको छ । सहकारीले आगामी दिनमा पशुदाना उद्योग खोल्ने, तयारी गरेको छ । त्यती मात्रै नभएर बेसार उद्योग पनि सहकारीले नै खोल्ने तयारी गरेको छ । सहकारीको कार्यक्षेत्र उक्त नगरपालि भरी रहेको छ । सहकारीले दैनिक ६ सय लिटर दुध आफैले उत्पादन गर्ने गरेको छ भने सदस्य बाट १५ सय लिटर दूध संकलन गर्ने गरेको छ ।

सहकारीले आफुसँग भएको गाइ पनि बेच्ने गरेको छ । यो वर्ष २० लाखको गाई बेच्ने र आगामी तीन बर्ष भित्र १ करोडको गाई बिक्री गर्ने लक्ष्य राखेको छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १२:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...