back
NMB ad

पर्वतको पकुवामा सहकारी सचेतना

Kumari bank ad

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा नं. ११ पकुवास्थित साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यहरुका लागि आयोजित एक दिने सहकारी सचेतना तालिम बिहीवार सम्पन्न भएको छ ।

संस्थाको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय पोखराको सहयोगमा सम्पन्न भएको हो ।संस्थाका शेयर सदस्यहरुलाई सहकारीमा पूँजि निर्माण र पूँजि परिचालनका लागि सक्रिय बनाउने, वित्तीय साक्षरता तथा सहकारीका मूल्य मान्यता र सिद्धान्तको जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर वि.क.ले जानकारी दिनुभयो ।

सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई यसबाट हुने फाइदा, सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी आवश्यक छ भन्ने महसुस गरेर तालिम आयोजना गरेका हौ, अध्यक्ष विकले भन्नुभयो–‘तालिममा सहभागी शेयर सदस्यहरु उत्साहित भएर जानु भएको छ, सदस्यहरुको सक्रियता बढ्ने र संस्थाले थप गति लिनेमा विश्वस्त छौ ।’

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई दीगो बनाउन, सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीको अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी भनेको वचत र ऋण परिचालन गर्ने मात्र हो भन्ने सोचाइमा परिवर्तन ल्याउनका लागि सदस्यहरुलाई उत्पादनमा केन्द्रीत बनाउने र उनीहरुको उत्पादन स्थानीय तहसंगको समन्वयमा संकलन र बजारीकरणका लागि संस्थाले काम गर्नु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा प्रशिक्षक तथा कुश्मा नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्मा पौडेलले पालिकाले बनाएको सहकारी ऐन बमोजिम काम गर्न आग्रह गर्नु भयो । उहाँले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितका लागि योजना बनाएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिकाका सबै सहकारी संस्थाहरुको तथ्यांक संकलन, अनुगमन र प्रवद्र्धनका लागि शिक्षा तालिमका कार्यक्रमहरुमा सहभागिताका लागि उहाँले आग्रह गर्नु भयो ।

संस्थाका ७० जना शेयर सदस्यहरुको सहभागिता रहेको तालिम कार्यक्रम अध्यक्ष डम्बर बहादुर वि.कको अध्यक्षता र सचिव गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थामा ५ सय जना शेयर सदस्य, १७ लाख शेयर रकम, ५६ लाख वचत र १ करोड १५ लाख कर्जा लगानी रहेको प्रवन्धक प्रेम नारायण पौडेलले जानकारी दिनुभयो ।

वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...