काठमाडौं । फागुन महिनाको अवधिभर सुनको मूल्य ४ हजार रुपैयाँले घटेको छ ।
नेपाली बजारमा यस महिनाको पहिलो कारोबार दिनदेखि अन्त्यसम्म आउँदा छापावाला सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो ।
महिनाको महिलो कारोबार दिन (फागुन २ गते) तोलाको ९० हजार ८ सय रुपैयाँमा खरिदविक्री भएको सुनको भाउ अन्तिम दिनसम्म आउँदा ८६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ समग्रमा यस महिनाभर ९० हजार ९ रुपैयाँ भन्दा माथि पुगेन ।
त्यस्तै, नेपाली बजारमा फागुन महिनाको अवधिमा चाँदीको भाउ पनि ओरालो लागेको छ । यस महिना तोलाको ६५ रुपैयाँले गिरावट आएको हो । चाँदी महिनाको पहिलो कारोबार दिन प्रतितोला १३ सय ३५ रुपैयाँ थियो ।
अन्त्यसम्म आउँदा १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी पनि यस महिना तोलाको १३ सय ६० भन्दा माथि पुग्न सकेन ।
वि.सं.२०७७ फागुन २८ शुक्रवार ११:२६ मा प्रकाशित