back

निर्यात ७.६ % ले बढ्दा आयात ०.०१ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ भने आयात ०.०१ प्रतिशतले वृद्धि भएको छ । कोरोना सहज हुँदै गएपछि वस्तु आयात पनि हुन थालेको छ ।

राष्ट्र बैंकका अनुसार ७ महिनामा ६९ अर्ब ९२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७-७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटी ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

वि.सं.२०७७ चैत ३ मंगलवार १७:११ मा प्रकाशित

You can share this post!

ADBL
आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

वि.सं.२०८० जेठ २१ आइतवार ११:२८

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० जेठ २१ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन जेठ २१ गते आइतबार...

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

वि.सं.२०८० जेठ २१ आइतवार १०:२९

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै...