काठमाडौं । सेयर कारोबार सुरु भएको ५ मिनेटमा नै ३ वटा कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रति कित्ता १०६ रुपैयाँले बढेर ११७५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर ९.९२ प्रतिशतले बढेको छ ।
यस्तै जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि सेयर मूल्य प्रति कित्ता १९ रुपैयाँले बढेर १४६ रुपैयाँ पुगेको छ । कारोबार सुरु भएको ५ मिनेटमा नै सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ ।
यस्तै सेयर कारोबार सुरु भएको दोस्रो दिन पनि ग्रिन लाइफ हाईड्रोपावरको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ३२ रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर किन्नेको संख्या धेरै भएपनि बिक्री गर्न कोही पनि तयार देखिएका छ्रैनन् ।
वि.सं.२०७७ चैत ४ बुधवार ११:०२ मा प्रकाशित