back
NMB ad

४३ करोडको भवन निर्माण सकिएको भन्दै किर्ते लिखित गर्ने भ्याली कन्स्ट्रक्सनका संचालक प्रकाउ

Kumari bank ad

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यरो (सीआइबी)ले सरकारी र सार्वजनिक लिखित कीर्ते गर्ने व्यक्तिलाई प्रकाउ गरेको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुद्वारा आव्हान गरिएको बोलपत्रहरुमा लिखित कीर्ते गरेका भ्याली कन्स्ट्रक्सन प्रालिका संचालक रविन्द्र महर्जनलाई प्रकाउ गरेको हो ।

महर्जनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याडमा कीर्ते लिखित  गरेका थिए ।

उक्त लेटर प्याडमा चपुर–९ स्थित निर्माण कार्य नै नभएको बहुतले अस्पताल भवन, मेडीटेशन हल, क्लास रुम र कम्पाउण्ड वाल २०७१ भदौ २४ गते निर्माण कार्य सुरु गरि भ्याट बाहेक ४३ करोड ३७ लाख ५५ हजार ६०९ रुपैयाँ ८८ पैसा २०७३ असोज ८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ भन्ने किर्ते लिखित गरेका थिए ।

उक्त किर्ते लिखितमा संस्थाका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दिर्घ कुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र किर्ते गरेका थिए । महर्जनलाई प्रकाउ गरि कसुर मुद्दामा अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

भ्याली कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण ठेक्का प्राप्त गरेको ललितपुर जिल्ला स्थित विभिन्न चार विद्यालय भवनमध्ये ३ को निर्माण कार्य सकिएको र सोहि जिल्लाको इकुडोल स्थित एक विद्यालय भवनको निर्माण कार्य बाँकि रहेको अनुसन्धानबाट खुलेको छ ।

भ्यालीले लामा कन्स्ट्रक्सनसँग जे/भी निर्माण ठेक्का प्राप्त गरेको मकवानपुर जिल्ला स्थित विभिन्न १९ विद्यालय भवनहरु मध्ये करीव ९५% निर्माण कार्य सम्पन्न भएको र सो को निर्माण कार्यको अन्तिम मिति डेढ महिना बाँकि रहेको खुलेको छ ।

भ्यालीले निर्माण ठेक्का प्राप्त गरेको धादिङ जिल्ला स्थित विभिन्न १०  विद्यालय भवनहरु निर्माण कार्य ३ महिना अघिबाट सुरु भएको अनुसन्धानबाट खुलेको सीआइबीले जनाएको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...