काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा तीन कम्पनीको एक करोड १३ लाख ८० हजार १६१ कित्ता सेयर थपिएको छ ।
नेप्सेमा बिहीवार सेन्चुरी कमर्शियल बैंक,नेपाल बंगलादेश बैंक र महिला सहयात्रा लघवित्त वित्तिय संस्थाको सेयर सूचीकृत भएको हो ।
सेन्चुरी बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस सेयर, महिला सहयात्रा लघुवित्तको १ लाख २१ हजार कित्ता बोनस सेयर र बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
वि.सं.२०७७ चैत ५ बिहीवार १५:२३ मा प्रकाशित