back
NMB ad

ब्याजदर ‘सिंगल डिजीट’मा छ, यसको उपयोग गरेर लगानी बढाउनुस्ः वरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले सिंगल डिजीटमा रहेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई सुझाउनुभएको छ ।

विर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरण सभामा यस्तो बताउनु भएको हो । ‘नेपालका व्यवसायी साथीहरुलाई मेरो यो आग्रह छ कि अहिले नेपालमा ब्याजदर सिंगल डिजीटमा छ, यसको सदुपयोग गर्नुस र आर्थिक क्रियाकलापहरुमा लगानी बढाउनुस्’ उहाँले भन्नुभयो ‘अहिलेको बेला भनेको यस्तो अवस्थामा व्यवसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउने काममा लाभ लिन सक्छौँ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकार र राष्ट्र बैंकसँग लबिङ गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढी भएको भनी देशका निजी क्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाई महासंघले गर्यो र म पनि एक उद्यमी एवं कमर्सियल बैंकको नेतृत्वकर्ताको हैसियतले पनि लागि परेँ, जसले गर्दा अहिले ब्याजदर अहिले सिंगल डिजीटमा आएको छ ।

‘म एक कमर्सियल बैंकको अध्यक्ष भए पनि यो मेरो पनि एउटा प्रमुख मुद्दा थियो, म एक उद्यमी पनि भएको हिसाबले यसका लागि म व्यक्तिगत रुपमा पनि लागेको थिएँ, हाम्रो लबिङपछि यो नीति सम्भव भएको हो’ उहाँले भन्नुभयो ‘ त्यसैले यो अवसरबाट हामीले लाभ लिनसक्ने अवस्था छ र हामी निजी क्षेत्रका प्रतिनिधिहरु यसबाट लाभान्वित पनि हुनसक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहहरुले लाभ लिने नै बेला हो, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले झापा होस् या देशका अरु पनि क्षेत्र या जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरुलाई राम्रोसँग खोजी गर्नुपर्ने पनि बताउनुभयो । व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिबृद्धिका लागि तथा उद्यमशिलताको विकास र विस्तारका लागि हामी व्यवसायीहरुले आ-आफ्ना स्थानीय स्थान र स्तरमा पनि अवसर र सम्भावना खोज्नुपर्छ, यसैबाट शुरु हुने उद्यमशिलताले नै देशको विकास सम्भव भएको उहाँको भनाइ छ ।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन २०३०’ पेपर अघि सारेर मुलुकको निजी क्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेशस्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरुको सुझावहरु समेटिने जानकारी दिनुभयो ।

वि.सं.२०७७ चैत ७ शनिवार १०:३६ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...