back
NMB ad

बैशाख १ गतेसम्म रुबिभ्यालीमा मोटर बाटो पुर्याएरै छोड्छौँ : मन्त्री फुँयाल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले धादिङको रुबिभ्याली गाउपाकिाको एकीकृत विकास निर्माणका लागि प्रदेश सरकार लागि परेको बताउनुभएको छ ।

मन्त्री फुँयालले सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा रहेको रुबि भ्यालीलाई आर्थिक क्षेत्रमा बलियो सम्भावना भएकाले यसको एकीकृत विकासका लागि प्रतिवद्ध भएको बताउनुभयो ।

आइतवार राजधानी आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री फुँयालले हरेक क्षेत्रको पहुँच कम भएको रुबिभ्याली गाउपालिका विस्तारै विकास निर्माणले फड्को मार्ने बताउनुभयो ।

उहाँले हरेक ठाउँमा सडकको पहुँच पुगे मात्र समृद्धि हासिल गर्ने सकिने भन्दै बैशाख १ गते रुबिभ्यालीमा मोटर बाटो पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरी तत्काल सडक विस्तार कार्य अगाडि बढाउनका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने प्रतिवद्धता जनाउनुभयो ।

‘रुबिभ्याली पर्यटकीय हिसावले पनि राम्रो गन्तव्य हो, जसको लागि सबैभन्दा पहिलो सडक विस्तार गर्छौँ,‘– मन्त्रि फुयालले भन्नुभयो । विकास निर्माणका लागि योजनावद्ध ढंकले कार्य गर्दा पैसा अभाव नहुने उहाँको भनाई छ । ‘वषौँदेखि बनाएको विकासे सापना विस्तारै पुरा हुँदै गएकाले रुबिभ्यालीलाई पनि योजनावद्ध रुपमा अघि बढ्छ,’ फुयालको भनाई छ ।

पर्यटन र कृषिमा राम्रो सम्भावना भएकाले त्यहाँ उत्पादित वस्तुको प्रचारप्रसारमा जोड दिई बजारीकरणका लागि केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले पर्यटनका पूर्वाधार निर्माण जोडदिनुभयो । सरकारले योजनावद्ध रुपमा कार्य गरिरहेको बताउनुभयो । तिव्र रुपमा विकास निर्माणमा कोभिडको असरले गत वर्ष सोचे अनुरुपमा काम नभएको बताउनुभयो ।

अन्तरक्रियमा धादिङका संघीय सरकारका प्रतिनिधि, बागमती प्रदेशका सांसद, जनप्रतिनिधहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि अधिंकाशले रुबिभ्यालीमा सडक विस्तार नहुँदा गाउपालिका हरेका क्षेत्रमा पछाडी परेको बताएका थिए ।

‘पयर्टकीय हिसाबले धेरै राम्रो सम्भावना छ, सडक नुग्नाले हामी पछाडि पयौँ‘– कार्यक्रममा एक सहभागिले भने । कार्यक्रमा गाउपालिकाको हरेक समस्या समाधन गरि विकास निर्माण अगाडि कसरी बढेने भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा गाउपालिकामा अहिलेसम्म बैंक नपुगेको सहभागिहरुको गुनासो थियो ।

कार्यक्रममा पर्यटन सांस्कृति र सम्पदा संरक्षणमा जोड दिँदै बैशाख १ गते महोत्सव गर्ने बताइएको थियो । उक्त महोत्सव बागमती प्रदेशको आयोजना र गाउँपालिका व्यवस्थापन रहने छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १७:३६ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...