back
NMB ad

विदेशमा आर्जन गरेको सम्पत्तीले कसरी देश विकास गर्ने योजनासहित आउनुः महासचिव पोखरेल

Kumari bank ad

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रवासमा रहेका नेपालीले आर्जन गरेको विज्ञता र सम्पत्तीलाई देश विकासमा कसरी प्रयोग गर्न योजनासहित आउन आग्रह गर्नु भएको छ ।

योजना लिएर आउनेलाई सरकारले आवश्यक सबै सहयोग गर्न तत्पर रहेको उहाँले जानकारी गराउनु भयो । विश्वभर फैलिरहेका पार्टी सम्वद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो जानकारी गराउनु भएको हो ।

उहाँले वद्लिंदो विकसित राजनीतिक घट्नाक्रमको सन्दर्भमा प्रवासमा रहेका अगुवा नेता-कार्यकर्ताहरुलाई जानकारी दिन आयोजित भेलामा उत्साहका साथ पार्टी कामलाई व्यवस्थित गर्ने निर्देशन दिनुभयो ।

विगतमा अनेकन बाधा, अड्चन र चुनौती परास्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको भन्दै सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले आउने दिनमा पनि चुनौतीहरुलाई परास्त गर्दै अगाडि बढन आव्हान गर्नुभयो ।

‘हामी सजिलै यहाँसम्म आइपुगेका होइनौं, कम्युनिष्ट आन्दोलनभित्र अनेकन घात-प्रतिघात, टुटफुटको श्रृंखला व्यहोर्दै आएका हौं, ति सवैबाट शिक्षा लिएका पनि छौं’ महासचिव पोखरेलले भन्नुभयो ‘बदलिएको सन्दर्भमा अव तपाईहरु सवै उत्साहका साथ विगतका तितामिठा सन्दर्भहरुलाई विर्सेर सवैलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’ उहाँले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगत समेत गराउँदैं विगतको कतिपय सन्दर्भलाई विर्सेर ठूलो छाति बनाएर संगठित र एकतावद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्वद्ध सबैलाई आव्हान गर्नुभयो ।

वि.सं.२०७७ चैत ९ सोमवार ११:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...