back
NMB ad

आठ महिनामा श्रम मन्त्रालयको पुँजीगत खर्च १९ % मात्रै, कयौं काम सुरु नै भएनन् !

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु खर्च ८३ प्रतिशत पुँजीगत खर्च १९ प्रतिशत खर्च गरेको छ ।

चौमासिक अवधिमा सम्पन्न गर्नुपर्ने माइलस्टोन मध्ये ६३ प्रतिशत माइलस्टोन सम्पन्न भएको छ । कोरोनाका बाबजुत पनि दोस्रो चौमासिक प्रगति राम्रो रहेको मन्त्रालयको तर्क छ ।

कमजोर प्रगति भएका निकाय तथा क्षेत्रहरुमा अपेक्षित प्रगति हाँसिल गर्ने गरी आगामी दिनमा ताकिएको बार्षिक कार्यक्रमहरु कार्यान्वयन गर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा व्यवसायीक तथा सीप विकास तालिम प्रतिष्ठानहरुको संख्या विस्तार तथा क्षमता सुदृढिकरण गर्नुपर्ने, औपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्नुपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रुपमा लैजानु पर्ने सुझाव दिइएको छ ।

यस्तै हालसम्म सुरु हुन नसकेका कामहरु यथाशिघ्र सुरु गर्न समेत निर्देशन दिइएको छ । बैठकले विभिन्न विषयगत मन्त्रालयहरुले सिर्जना गर्ने रोजगारीको तथ्याङकलाई व्यवस्थित गर्न साथै आन्तरिक रोजगारी प्रबद्र्धन गर्ने विषयलाई राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्ताव गर्ने निर्णय भएको छ ।

वि.सं.२०७७ चैत ९ सोमवार ११:३१ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...