काठमाडौं । २० लाख रुपैयाँ रकम बराबरको चेक बाउन्स गर्ने पूर्ण लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीईबी)ले प्रकाउ गरेको छ ।
चेक बाउन्स मुद्धामा दोषी ठहर भएपछि काठमाडौं–३० घर भई हाल ललितपुर–१५ नखिपोटका लामालाई सीईबीले पक्राउ गरेको हो ।
लामा विरुद्ध उच्च अदालत पाटनले मंसिर ७ गते दोषी ठहर गरेको थियो । अदालतले १५ दिन कैद र २० लाख विगो जरिवाना हुने ठहर गर्दै आदेश दिएको थियो ।
लामाले दुर्गामान मोक्तानद्वारा संचालन गरेको लेजर इन्फोटक नेपाल प्रालि नामक कम्पनीलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी २० लाखको चेक काटेका थिए ।
लामालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको बताइएको छ ।
वि.सं.२०७७ चैत ९ सोमवार १६:१८ मा प्रकाशित