काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले बुक क्लोज गर्ने भएको हो ।
कम्पनीको साधारणसभा चैत २७ गते हुँदै छ । कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेंट बालुवाटार, काठमामाडौं गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
वि.सं.२०७७ चैत ११ बुधवार १२:०१ मा प्रकाशित