back
NMB ad

शाखा खोल्न बोर्डले दुई वर्षपछि दियो ब्रोकरलाई अनुमति, बैंकका सहायक कम्पनीको सम्भावना के ?

Kumari bank ad

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)ले २ वर्षपछि उपत्यका बाहिरका शहरमा शाखा कार्यालय खोल्ने अनुमति पाएका छन् ।
करिब ३५ वटा ब्रोकरले २ वर्ष भन्दा अघि नै उपत्यका बाहिर शाखा कार्यालय खोल्न बोर्डमा अनुमति मागेका थिए । तर बोर्डले दुई वर्ष भन्दा लामो समयदेखि रोकेर राखेको अनुमति फागुन दोस्रो साताबाट दिन सुरु गरेको छ ।

बोर्डले विभिन्न ४ वटा ब्रोकर कम्पनीलाई उपत्यका बाहिरका ५ शहरमा शाखा कार्यालय खोल्न अनुमति दिएको हो । अनुमति पाउने ब्रोकरमा ३६ नम्बरको सेक्युर्ड सेक्युरिटिज, ३४ नम्बरको भिजन सेक्युरिटी र अन्य दुई रहेका छन् ।

बोर्डले झापाको दमक, चितवनको टाँडी, नवलपरासीको कावासोती, तनहुँको दमौली र म्याग्दी जिल्लाको वेनीमा नयाँ शाखा खोल्न फागुन दोस्रो साताबाट अनुमति दिन थालेको हो । उपत्यका बाहिर पनि दोस्रो बजारलाई थप विस्तार गर्ने क्रममा यी ५ स्थानमा शाखा खोल्नको लागि अनुमति दिएको बोर्डले जनाएको छ ।

स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरहरुले दुई वर्ष भन्दा अघिदेखि नै अनुमतिको लागि बोर्डमा आवेदन दिएपनि बल्ल अनुमति पाएको बताउनुभयो । बोर्डबाट स्वीकृती पाएसँगै शाखा नभएका स्थानमा जानको लागि ब्रोकरहरु तयार रहेका उहाँको भनाई छ । ब्रोकरले शाखा खोल्नको पहिलाको भन्दा अहिलेको मापदण्ड केही सहज भएका कारण ब्रोकरहरु थप आकर्षित हुन थालेका छन् ।

पहिला न्यूनतम एक हजार स्क्वाएर फिटको क्षेत्रफल चाहिनेमा अहिले ५ सयले पुग्ने मादण्डमा व्यवस्था गरिएको छ । यो लगायत अन्य कुराले पनि ब्रोकरलाई आकर्षित गरेको छ । अहिले दोस्रो बजारलाई प्रभावकारी रुपमा विस्तार आवश्यक भएको भन्दै सबै एकै ठाँउमा जान तयार हुनु भन्दा पनि नयाँ ठाँउमा शाखा खोल्नु पर्ने उहाँको तर्क छ ।

यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पुरा गरेर पूर्वाधार तयार गरेपछि शाखाबाट दोस्रो बजारमा सेयर कारोबार गर्न योग्य हुनेछन् । यसको लागि पूर्वाधार तयार भएपछि धितोपत्र बोर्डले अनुगमन गरेर स्वीकृत दिनु पर्नेछ । लामो समयदेखि उपत्यका बाहिर ब्रोकरको शाखा खोल्न रोकेको बोर्डले गत महिनाबाट अनुमति दिन थालेपछि अब बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिने विषयम ओझेलमा पर्ने देखिएको छ ।

बैंकक सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिँदा पनि जिल्ला जिल्लामा शाखा कार्यालय लैजानु पर्छ । बैंकका सहायक कम्पनीलाई अनुमति दिने अनी फेरी त्यसका सहायक कम्पनीलाई शाखा खोल्न अनुमति दिनु भन्दा भएका ब्रोकरलाई नै शाखा खोल्ने दिने तयारीमा बोर्ड लागेको छ ।

बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिने विषयमा लामो समयदेखि मौन बस्नु र दुई वर्ष भन्दा लामो समयदेखि रोक्का रहेको ब्रोकरलाई शाखा खोल्ने अनुमति दिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । यतिबेला धितोपत्र बोर्ड पनि बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिने विषयमा सकारात्मक हुन नचाहेको देखिएको छ । बोर्डले माथिल्लो निकाय (अर्थ मन्त्रालय)ले चासो दिए यो काम अघि बढाउने अन्यथा कुनै प्रकृया अघि नबढने तर्फ लागेको छ ।

वि.सं.२०७७ चैत ११ बुधवार १७:५९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...