back
NMB ad

बैशाख ७ गते कालिका लघुवित्तको साधारणसभा : १०% बोनस दिने, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्थाले बैशाख ७ गते साधारणसभा गर्ने भएको छ । उक्त दिन कम्पनीले १०औँ तथा ११औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।

सभामा हाल कायम २५ करोड २३ लाख ३० हजारको १० प्रतिशतले आउन २ लाख ५२ ३३० कित्ता बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा वित्तिय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधरण समूहको सेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृत प्राप्त भए पश्चात कार्यान्वयन गर्ने गरी संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधरण समूहको ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै एक वा सो भन्दा बढी उपयुक्त वित्तिय संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त संस्था पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्याङ्क गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतको अख्तियार संचालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि चैत २२ गतदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:०३

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:५७

काठमाडौँ, २८ वैशाखः नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२८

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धुनिवेशी...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:१३

चितवन, २८ वैशाखः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु...