back
NMB ad

अनधिकृत व्यापारि हटाउन काठमाडौं महानगरको ताकेता, पुरातत्व विभागको ढिलासुस्ती !

Kumari bank ad

काठमाडौँ । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

‘विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वद्र्धन गरी प्राचिनता जोगाउनु काठमाडौँ महानगरपालिको दायित्व हो । त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौँ । तर, विभागले ढिलासुस्ती गरिरहेको छ । हामीले ताकेता गरिरहेका छौँ ।’

उहाँले वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु चलेका भन्दै छिटो हटाउन आग्रह गरेको पुनः स्मरण गराउनुभयो । ‘ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वको त्यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो ।

बटुवाहरु त्यहि सतलमा आराम गर्ने गर्थे,’ शाक्यले भन्नुभयो, ‘त्यस्तो पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’

उहाँले तलेजु मन्दिरको आसपास मख्खनतिर पनि वाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खालि गराउन आग्रह गरेको जानकारी दिनुभयो । ‘हामीलाई जानकारी भए अनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ ।

त्यस्तो ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न उहाँहरुलाई पटक–पटक हामीले मौखिकरुपमा आग्रह गर्र्यौ,’ शाक्यले भन्नुभयो, ‘मौखिक रुपमा धेरै पटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरेको छ । पछिल्लो समय उहाँहरुले हटाउने बारेमा चासो गरेको र छलफल चलाएको भन्ने जानकारी पाएको छु । उहाँहरुलाई जतिसक्दो छिटो हटाउने वातावरण निर्माण गर्न पुनः आग्रह गर्छु ।’


स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको शाक्यले स्मरण गराउनुभयो । ‘स्थायनीले मसँग यो काम छिटो सम्पादन गर्नुपर्र्यो भनी आग्रह गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको समेत माग सम्वोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको छ । आफैँ सम्पदा बचाउने संस्था भएकाले सम्पदा मासेर उहाँहरुले व्यापार चलाइरहनु होला भन्ने मलाई विश्वास छैन ।’

जनभावना र काठमाडौँ महानगरपालिकाले गरेको पत्राचार अनुसार काम होस भन्नेमा आफू रहेको उहाँले बताउनुभयो । ‘ऐतिहासिक ठाउँलाई ऐतिहासिक नै कायम गरेर बटुवामैत्री सतल बनाउने महानगरपालिकाको योजनालाई सहयोग गर्न आग्रह गर्दछु,’ शाक्यले भन्नुभयो, ‘मसँग मौखिक रुपमा कुराकानी हुँदा उहाँहरुले प्रक्रिया पुर्याएर हटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसैले उहाँहरुले अदेखा गरेर बस्नुहोला भन्ने मलाई लागेको छैन ।’

सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको उहाँले स्मरण गराउनुभयो । ‘विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्यो भने अन्त पनि काम गर्न कठिन हुन्छ,’ शाक्यले भन्नुभयो, ‘हामीले अरुलाई नियन्त्रण गर्न कठिन हुन्छ । त्यो कुरा उहाँहरुले मनन् गर्नुहुन्छ भन्ने हामीले ठानेका छौँ ।’

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको जानकारी दिनुभयो । ‘वसन्तपुर हुनमानढोका दरबारक्षेत्रको वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको छ,’ उहाँले भन्नुभयो, ‘अनधिकृत व्यपार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएका छौँ । उहाँहरु सकारात्मक रुपमा अघि बढ्नुहोला भन्ने अपेक्षा गरेका छौँ ।’

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र रहेको भन्दै जतिसक्दो छिटो प्रक्रिया पुर्याएर हटाउन आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो । ‘त्यो हाम्रो क्षेत्राधिकार भित्रै पर्छ । अहिले त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको छ,’ गौतमले भन्नुभयो, ‘त्यहाँको संरक्षण, मर्मत सम्हारका लागि टिकेटको केही रकम महानगरपालिकाबाट आउँछ । त्यसैगरी कार्यालयमा काम गर्ने कर्मचारीको सेवा–सञ्चालन, तलब–भत्तालगायत त्यहिबाट उपार्जन गर्ने गरी समिति बनाएका हो ।’

समितिको नेतृत्व पर्यटन मत्रालयको सचिवले गर्ने व्यवस्था रहेको भन्दै गौतमले उहाँको सहित उपस्थितिमा बैठक बसेर जतिसक्दो छिटो प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

‘पुरातात्विक र विश्व सम्पदा सूचिमा रहेको त्यहाँको सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाले लिएको पहल सकारात्मक छ । त्यस ठाउँलाई त्यहि पहिचानसहित राख्नुपर्छ भन्ने काठमाडौँ महानगरपालिकाका प्रमुखज्युको कुराको म स्वागत गर्छु । त्यसका लागि महानगरपालिकालाई धन्यवाद दिन चाहन्छु,’ गौतमले भन्नुभयो, ‘तर, त्यसका लागि सबै पक्षसँग छलफल गरेर प्रक्रियागत रुपमा अघि बढौँ भन्ने छ ।’

महानगरपालिकाको पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको स्मरण गौतमले गराउनुभयो । ‘यो विषय सकारात्मक छ भनेर मैले पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको स्मरण गौतमले गराउनुभयो । ‘यो विषय सकारात्मक छ भनेर मैले पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको छु,’ गौतमले भन्नुभयो, ‘ हनुमान ढोका दरबार संग्राहलय विकास समितिको बैठक बोलाएर हामी जतिसक्दो छिटो निर्णयमा पुग्छौँ । त्यहाँबाट हटाउनुपर्छ भन्नेमा म सकारात्मक छु । प्रक्रियागत रुपमा अघि बढौँ ।’

वि.सं.२०७७ चैत १२ बिहीवार १२:१८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...