काडमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
आइपीओमा आवेदन दिएका मध्ये ५ लाख ९४ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । १८ लाख ४२ हजार ४९३ जनाले आवेदन परेकोमा ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ । आवेदन दिने मध्ये १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ ।
कम्पनीले फागुन २१ गतेबाट प्रति कित्ता एक सय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो भने ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
आइपीओको नतिजा आइपीओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपीओ हेर्ने वेबसाइड https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सकिन्छ ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १३:२८ मा प्रकाशित