back
NMB ad

करिब ३ अर्ब राजस्व छल्ने ९ फर्म विरुद्ध मुद्दा दर्ता

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी २ अर्ब ७३ करोड ४४ लाख ५९ हजार ३ रुपैयाँ राजस्व छल्ने ९ वटा फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने पर्सा जिल्ला, पर्सागढी नगरपालिका–४ ओम श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर बीरेन्द्र राम चमारबाट २७ करोड ६३ लाख ४० हजार ७२५ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

यस्तै सिराहा बारा, करैयामाई गाँउपालिका–७ का एभरेष्ट नेपाल ट्रेड कन्सर्नका प्रोप्राइटर महेश हजारा १० करोड १२ लाख ७५ हजार ३९५ को विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।

विभागका अनुसार राजस्व छलि गर्ने महोत्तरी जिल्ला पिपरा गाँउपालिका-५ बस्ने द भिजन इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गेश कुमार झा तथा उक्त फर्मको बैंक खाता सञ्चालक नसिब कुमार झाबाट १० करोड १० लाख ३१ हजार३२७ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागका अनुसार राजस्व छलि पर्सा बिरगंज उपमहानगरपालिका-३१गुरू गणेश इम्पोर्ट एण्ड एक्सपोर्टका सञ्चालक शुरेश सहनी मलाह तथा उक्त फर्मको बैक खाता सञ्चालक राम प्रसाद महतो समेतबाट ७ करोड ७९ लाख ४५ हजार ८१९ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति मुद्दा दर्ता गरेको छ ।

झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने उदयपुर जिल्ला, त्रियुगा नगरपालिका-७ को एनआइसी ट्रेडर्सका प्रोप्राइटर भुपेन्द्र कार्की तथा उक्त फर्मका बैक खाता संचालक गोपाल प्रसाद भट्टराईबाट ४३ लाख७ हजार ६३० रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गरिएको छ ।

यस्तै झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने सिराहा जिल्ला, कल्याणपुर नगरपालिका-११, हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने ओएनएस इन्टरप्राइजेजका संचालक किशोरी यादव समेत ३ जनाबाट ७६ करोड ६७ लाख ८३ हजार ९३९ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गरिएको छ ।

राजस्व छलि गर्ने सिराहा कल्याणपुर नगरपालिका-११ हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने रेणु ट्रेड इन्टरप्राइजेजका किशोरी यादव समेत ३ जनाबा६ ५० करोड ६० लाख ८२ हनार २२० रुपैयाँ विगो असुल गरी मुद्दा दर्ता गरिएको छ ।

विभागका अनुसार राजस्व छलि गर्ने सिराहा कल्याणपुर नगरपालिका ११ घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने रुपम ट्रेड कन्सर्नका साझेदार तथा कारोवार संचालक किशोरी यादव समेत ३ जनाबाट ४९ करोड १८ लाख ६० हजार ५२६ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गरिएको छ ।

विभागका अनुसुार राजस्व छलि गर्ने सिराहा जिल्ला, कल्याणपुर नगरपालिका-११ हाल ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोल, बस्ने आरजु इन्टरनेशनलका कारोवार संचालक किशोरी यादव समेत ३ जनाबाट ४० करोड ८७ लाख ९१ हजार ४२२ रुपैयाँ असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १७:२७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...