back
NMB ad

‘कमलपोखरी पुनर्निर्माणमा पुरातत्व विभागले भ्रम छर्‍यो, अभियन्ताले राजनीति गरे’ 

Kumari bank ad
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिनुभएको छ ।
महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्न १५ नम्बर वडामा पुग्नुभएका शाक्यले यस्तो बताउनु भएको हो । ‘विकास निर्माणका काममा हामी सबै जनप्रतिनिधिको एक मत छ,’ शाक्यले भन्नुभयो, ‘तर, केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको छ ।’
उहाँले कमलपोखरी लगायतका केही स्थानमा अनावश्यक विरोध गर्दा पुनर्निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । ‘कमलपोखरी पुनर्निर्माण स्थानीय कसैको पनि विरोध छैन,’ शाक्यले भन्नुभयो, ‘बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन् । अभियन्ताका नाममा कमलपोखरीमा असान्दर्भिक कार्य गरेर नागरिकलाई भ्रम छर्ने प्रयास भइरहेको छ ।’
केही अभियन्ताहरू कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजीनामा माग्न बालुवाटार गएको प्रसङ्ग उहाँले कोट्याउनुभयो । ‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजीनामाबिच के सम्बन्ध छ ? अभियन्तालाई प्रश्न गर्न चाहन्छु,’ शाक्यले भन्नुभयो, ‘अभियन्ताले अनुहारमा कमलपोखरीको माटो दलेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने ? यस्तो असान्दर्भिक विषयलाई समेत जोडेर नागरिकलाई भ्रम छर्ने र विकास निर्माणका काममा अवरोध गर्ने प्रयास भइरहेको छ । यी अवरोधलाई चिर्दै हामी समयमै कमलपोखरी पुनर्निर्माण सम्पन्न गर्छौ ।’
शाक्यले त्यस्ता कुरालाई महानगरवासीले बोलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ‘बिगार्नलाई थोरै व्यक्ति भए पनि पुग्छ । विकास निर्माणका काममा अवरोध गर्न एक जना व्यक्ति अदालत पुगेर एक पन्नाको उजुरी हाले पनि पुग्छ,’ शाक्यले भन्नुभयो, ‘तर, त्यसले राज्यलाई करोडौँ घाटा भइरहेको हुन्छ । त्यसैले तपाईँहरूले त्यस्तो कार्यको विरुद्धमा बोल्नुपर्छ । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’
शाक्यले सामाजिक सञ्जालमा पनि अभियन्ताको फरक–फरक परिभाषा उल्लेख गर्ने गरेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्ने अभियन्ताले विकास निर्माणमा अवरोध गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
‘‘शब्दकोशमा अभियन्ताको अर्थ इन्जिनियर हुने रहेछ ।  विभिन्न सामाजिक सञ्जालमा केहीले अभियन्तालाई इन्जिनियर केहीले विज्ञ भन्छन्,’ उहाँले भन्नुभयो, ‘सबै भन्दा सजिलो अहिले अभियन्ता बन्न भएको छ । हामीले कमलपोखरी निर्माण गर्दा त्यस्तै अभियन्ताहरूले महानगरपालिकाले कङ्क्रिटको कमलपोखरी बनाउन लाग्यो भनेर भ्रम फैलाउने काम गरे । हामीले डिजाइन त्यही राखेका छौँ । त्यो डिजाइनमा कतै पनि कङ्क्रिटको पोखरी उल्लेख छैन । तर केही समय अघि उनीहरू नै नागरिकलाई भ्रम फैलाउने र राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले कमलपोखरी भत्काउन पुगे ।’
शाक्यले हिजो भन्दा हेर्न लायकको कमलपोखरी बनाउन लागेकै भन्दै  आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने कमलपोखरी बन्ने दाबी गर्नुभयो । ‘बास्तुशास्त्रमा आधारित पोखरी बनाउनै लागेका हौँ । पुरातत्त्व विभागले पनि मौलिकता कायम गर्नु भनेर भन्यो । मैले पुरातत्त्व विभागलाई मौलिकता कायम गर्न के गर्नुपर्छ हामीलाई डिजाइन दिन भने ,’ शाक्यले भन्नुभयो, ‘पुरातत्त्व त्यो त मलाई पनि थाहा छैन भन्छ । कतिपय अवस्थामा पुरातत्त्व विभागबाट पनि भ्रम छर्ने काम भइरहेको छ । म त्यस्तो भ्रममा नपर्न आग्रह गर्छु । हामी केहीले विरोध गर्दैमा काम रोक्दैनौँ । केही दिन भित्रै पानी भर्ने योजना बनाइरहेका छौँ । कमलपोखरी समयमै सम्पन्न हुन्छ ।’

वि.सं.२०७७ चैत १४ शनिवार १३:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...