back
NMB ad

निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित हुँदैनः अध्यक्ष गोल्छा

Kumari bank ad
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने बताउनु भएको छ । महासङ्घको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकमा उहाँले यस्तो बताउनु भएको छ ।
अध्यक्ष गोल्छाले वस्तुगत सङ्घहरू महासङ्घको ‘ब्रेन’ को रूपमा रहेको बताउनुभयो । महासङ्घ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत सङ्घहरूबाट महत्त्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
महासङ्घको भिजन पेपर चैत्र २८ गते सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि संयन्त्र बनाइने उहाँको भनाइ छ । निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत साबित गरिदिने उहाँले बताउनु भयो ।
महासङ्घ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै हाम्रो मुख्य थिम नै ‘सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल’ रहेकाले सिङ्गो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिनुभयो ।
महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुन्तला हिरापनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाउनु पर्ने बताउनुभयो ।
परिषद्का सभापति अञ्जन श्रेष्ठले सबै वस्तुगत सङ्घहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत सङ्कलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
परिषद्को पहिलो बैठकबाट परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषि लगायतका महत्त्वपूर्ण क्षेत्रलाई समेटेन गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने, वस्तुगत सङ्घहरूबाट क्षेत्रगतरुपमा सुझाव सङ्कलन गरी सरकारमा पेस गर्न छिट्टै एक वृहद छलफल कार्यक्रमको आयोजना गर्ने र परिषद्का आगामी कार्य योजनाहरू छिट्टै तयार गर्ने निर्णय समेत भएको छ ।
परिषद्ले मुलत वस्तुगत सदस्य सङ्घहरूबिच समन्वय एवं समझदारी कायम गर्ने, आफ्ना वर्गका सदस्यहरूको समस्या पहिचान गरी तिनीहरूको समाधानका उपायहरू खोजी कार्यकारिणी समितिमा प्रस्तुत गर्ने, आफ्नो वर्ग र क्षेत्र सँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निष्कर्ष तथा सुझावहरू कार्यान्वयनको लागि पेस गर्ने लगायतका कार्यहरू गर्ने कुरा महासङ्घको विधानमा उल्लेख छ  ।
परिषद्को पहिलो बैठकले उप-सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाइ शाक्यलाई चयन गरेको छ ।
त्यसै गरी  परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, सुमति कुमार केरिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, महिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोविन्द ढुङ्गेल, सुबोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्र प्रसाद प्रधान र रसिते लामिछाने हुनुहुन्छ ।
परिषद्को विशेष आमन्त्रितहरूमा दीपकप्रसाद दाहाल, शारदा रिजाल, भूपेन्द्र प्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्य बहादुर मगर, दीपक पाण्डे, दुर्गा विक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शङ्कर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भू कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल रहनु भएको छ ।
यस्तै सुनिल कुमार धानुक(वंश), सुवास भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्र प्रसाद न्यौपाने, श्याम सुन्दर ढकाल, महेन्द्र बहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणि देव भट्टराई, विष्णु बहादुर कार्की, हरिहर फुयाँल, इन्द्र खनाल र स्वर्ण ताम्राकार हुनुहुन्छ । त्यसै गरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिव प्रसाद घिमिरे, उदय चापागाईँ, मोहनकुमार सुनार, रमेश प्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा. हेमन्त दवाडी र रसिते रिमाल परिषद्मा सल्लाहकारमा मनोनीत हुनुभएको छ ।

वि.सं.२०७७ चैत १४ शनिवार १५:०४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...