back
NMB ad

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाउनुभयो संसदीय दलको बैठक

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाउनु भएको छ ।

आफ्नै पार्टीका सांसदद्वारा अविश्वास प्रस्ताव पेश भएको छ । उक्त प्रस्तावको निर्णय नहुँदै पौडेलले बैठक बोलाउनु भएको छ । तत्कालीन समयमा नेकपाको प्रचण्ड–माधव–झलनाथ समूहका सांसदबाट अविश्वासको प्रस्ताव पेश भएको थियो । अहिले नेकपा एमाले र माओवादी फुटेपछि पौडेलले बैठक बोलाउनु भएको छ । स्रोतका अनुसार माधव–झलनाथ खनाल पक्षका सांसदले उक्त प्रस्ताव फिर्ता दिने देखिएको छ ।

यसअघि मन्त्रीहरु शालिकराज जमरकट्टेल, अरुण नेपाल र युवराज दुलालले अविश्वासको प्रस्ताव दर्ता गरेर राजीनामा दिइसक्नु भएको छ । राजीनामा दिने मन्त्रीहरुमध्ये नेपाल एमालेका नेता हुनुहुन्छ । यसअघि प्रचण्ड–माधव–झलनाथ पक्षका सांसदहरुले पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन भनेका थिए ।

वि.सं.२०७७ चैत १५ आइतवार १७:५३ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...