काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था र महिला लुघवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
उन्नतीको सेयर मूल्य २५१ अंकले वृद्धि भएको हो । अहिले उन्नतीको सेयर मूल्य प्रतिकित्ता २ हजार ७६१ रुपैयाँ पुगेको छ ।
त्यसैगरि महिला लघवित्तको सेयर मूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ९१ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७७ चैत १६ सोमवार १२:४९ मा प्रकाशित