काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन वित्तीय कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलवार एक विकास बैंक, इन्स्योरेन्स कम्पनी र लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीले १ हजार ६४२ रुपैयाँ तोकेको छ ।
मंगलवार नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । समायोजनपछि ७ सय ८१ रुपैयाँ तोकेको छ ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य समायोजन भएको छ । बैंकको ३.८ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि १ सय ६९ रुपैयाँ तोकेको छ ।
वि.सं.२०७७ चैत १७ मंगलवार १०:१० मा प्रकाशित