back
NMB ad

बैंक ऋण लगानीमा आक्रमक बन्दा कस्तो पर्ला सेयर बजारमा असर ? एकै साता २७ अर्ब कर्जा प्रवाह

Kumari bank ad

काठमाडौं । केही समय यता बैंकहरु कर्जा लगानीमा निकै आक्रमक रुपमा लागिपरेका छन् । कोरोनाले लामो समय सिथिल बनेको अर्थतन्त्र क्रमैसँग चलायमान हुन थालेसँगै बैंकहरु कर्जा लगानीमा आक्रमक बन्न थालेका छन् ।

कोरोना कहरको समयमा बैंक तथा वित्तीय संस्थाको अधिकांश लोन सेयर धितोकर्जामा जाने गरेको थियो । त्यो बेला बैंकहरुले लगानीकर्तालाई बोलाइ बोलाइ सेयर धितोमा कर्जा दिने गरेका थिए । जुन समयमा नेप्से इक्डेक्सको साथै कारोबार रकम पनि निकै बढेको थियो । अहिले बैंक तथा वित्तीय संस्था बाट अन्य क्षेत्रमा कर्जा बढी जान थालेपछि त्यसको केही असर सेयर बजारमा देखिने जानकारको भनाइ छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको एक सातामा २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चैत १२ गतेसम्म बैंकहरुले ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत ६ गतेसम्म बैंकहरुले ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक सातामा नै २७ अर्बले कर्जा लगानी बढेको छ ।

बैंकहरुले कर्जा लगानी जुन अनुपातमा बर्ढाका छन् निक्षेप संकलन सोही अनुपातमा गर्न नसकेको तथ्याङकले देखाएको छ । एक सातामा बैंकहरुमा निक्षेप संकलन जम्मा १० अर्ब रुपैयाँले मात्रै बढेको छ । चैत १२ सम्म बैंकहरुले ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत पहिलो सातासम्ममा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संघको भनाइ छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १०:५३ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...