back
NMB ad

सेयर बजारको विस्तार गर्न अन्तर्दिवसीय कारोबार अपरिहार्य, यस्ता छन् लगानीकर्तालाई फाइदा र बेफाइदा

Kumari bank ad

काठमाडौं । पुँजी बजारको दायरालाई विस्तार गरी परिपक्व तथा विकसित गर्नको लागि अन्तर्दिवसीय कारोबार अपरिहार्य देखिएको छ । नेप्सेको अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ ले यस्तो देखाएको हो ।

नेप्से समिति नै गठन गरेर अध्ययन गरेको थियो । अध्ययनले बजार सञ्चालक, मध्यस्थकर्ता तथा कारोबारी सबैको हित हुने देखाएको छ । अन्तर्दिवसीय कारोबारका लागि आवश्यक नीतिगत, संस्थागत र प्राविधिक पूर्वाधारका विषयमा पनि अध्ययन गरिएको छ ।

यसको लागि ऐन नियम प्रचलित व्यवस्था अनुसार परिमार्जन गर्न आवश्यक ठानिएको छ । ऐन, नियम तथा विनियममा संशोधन, परिमार्जन तथा थप व्याख्या आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी धितोपत्र सापटी लिनेदिने सम्बन्धी नियमावली, विनियमावली र कार्यविधि तथा अक्सन मार्केट सञ्चालन सम्बन्धी कार्यविधि तर्जुमा गर्नुपर्ने अध्ययनले देखाएको छ । यसको लागि नेप्से र सिडिएससीको पहल आवश्यक देखिन्छ भने नेपाल धितोपत्र बोर्डले यसका लागि सहजीकरण गर्नुपर्ने देखिएको छ ।

अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा प्रत्यक्ष रुपमा स्टक एक्सचेन्ज, केन्द्रीय राफसाफ गृह, कारोबार सदस्य, राफसाफ सदस्य, कारोबारी ग्राहक (संस्था तथा व्यक्ति) सहभागी हुन्छन् । हाल स्टक एक्सचेन्जको रुपमा नेप्सेले काम गरिरहेकोछ । अन्तर्दिवसीय कारोबार तथा धितोपत्र सापटी लेनदेनका लागि कारोबारीको योग्यता निर्धारण गर्ने र त्यसको लागि अनुमति दिने कार्य भने भएको छैन ।

यो कार्यान्वयनमा ल्याउन स्टक एक्सचेन्जको रुपमा नेप्सेले आवश्यक विनियमावली तथा कार्यविधि तर्जुमा गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराउनुपर्ने छ । कारोबार शाखाको कार्यक्षेत्रलाई विस्तार गर्नुका साथै आवश्यक कर्मचारीको व्यवस्था गर्नुपर्ने देखिएको छ । नेप्सेले प्रयोगमा रहेको प्रविधिको स्तरोन्नतिलाई पनि सँग सँगै अघि बढाउनुपर्छ ।

सिडिएससीले धितोपत्र सापटी लेनदेन संयन्त्रको विकास, अक्सन र राफसाफको व्यवस्था गर्नुका साथै आवश्यक विनियमावली र कार्यविधि तर्जुमा, सांगठनिक तथा जनशक्तिको व्यवस्था गर्नुपर्ने देखिएको । धितोपत्र दलाल (कारोबार सदस्य-राफसाफ सदस्य) ले कारोबारी तथा बजार सञ्चालकसँग प्रत्यक्ष सम्पर्कमा रही कार्यसम्पादन गर्नुपर्ने भएकाले पुँजी, प्रविधि र जनशक्तिको व्यवस्था गर्नुपर्ने अध्ययनमा उल्लेख छ ।

यसको लागि बजार सञ्चालक वा नियामक निकायले मापदण्ड तोक्नु उचित देखिएको छ । तोकिएको मापदण्ड पूरा गर्ने मध्यस्थकर्तालाई मात्र अन्तर्दिवसीय कारोबार तथा धितोपत्रको सापटी लिने दिनेकार्यका लागि अनुमति प्रदान गरिनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लखे छ ।
नेप्सेले अन्तर्दिवसीय कारोबार तथा धितोपत्र सापटी लिनेदिने धितोपत्र (हाललाई सेयर) को सूची बनाई सार्वजनिक गर्नुपर्ने र उक्त सूचीलाई आवधिक रुपमा अद्यावधि गर्ने व्यवस्था मिलानुपर्ने छ ।

अन्तर्दिवसीय कारोबार तथा धितोपत्र सापटी लिनेदिने कार्यलाई कार्यान्वयनमा ल्याउनु अघि सञ्चालन जोखिम र बजार जोखिम न्यूनीकरणका लागि पर्याप्त व्यवस्था गरिनुपर्ने देखिएको छ । यो व्यवस्थालाई कार्यान्वयनमा लैजादाँ कारोबार शुल्क, तथा पुँजीगत लाभ कर सम्बन्धी हालको व्यवस्थालाई कायम राख्ने, धितोपत्रलाई मार्जिनको रुपमा स्वीकार गर्ने तथा धितोपत्र सापटी लेनदेनमा ब्याज आम्दानीमा लाग्नेजस्तै कर लगाउनु उचित हुने देखिएको छ ।

के हो अन्तर्दिवसीय कारोबार ?

वित्तीय सम्पत्तिको मूल्यमा हुने उतार चढावबाट लाभ उठाउन खोज्ने लगानीकर्तालाई नयाँ अवसर उपलब्ध गराउने तथा बजारको तीब्र उतारचढावलाई सन्तुलनमा राख्न अन्तर्दिवसीय कारोबार सञ्चालनमा ल्याइन्छ । यस्तो कारोबार एक दिनमा सीमित हुन्छ ।

एक दिनभित्रै सस्तो मूल्यमा सेयर किन्ने र महँगोमा बिक्री गर्ने अथवा महँगोमा बिक्री गरेर सस्तोमा सेयर खरिद गर्ने ष्योजनासहित बजारमा आउने गर्दछन् । लगानीकर्ताको चासो धितोपत्रको मूल्य उतारचढावसँग मात्र हुन्छ । कारोबारीले कुनैदिन खरिद÷बिक्री गरेको धितोपत्र सोही दिन बिक्री-खरिद गर्नु पर्ने हुन्छ ।

यस प्रकारको कारोबारमा निरन्तर र धेरै परिमाणमा किनबेच हुने सेयरको कारोबार हुने गर्दछ । तर सेयर किन्ने, नामसारी गर्ने, लाभांश पाउने अधिकार हुँदैन । नेपालको ऐन नियमले अन्तर्दिवसीय कारोबारको परिकल्पना गरेको छैन । ऐन नियममा व्यवस्था नभएकाले अन्तर्दिवसीय कारोबार हुन सकेको छैन । संस्थागत तथा व्यक्तिगत दुवै किसिमका लगानीकर्ताले सेयर धितोपत्र किनबेच गरेको तेस्रो देखि चौथो दिन ( टी प्लस टू) मा सेयर वा पैसा पाउने गरेका छन् ।

यसमा संलग्न हुनेलगानीकर्ता, धितोपत्र व्यवसायी तथा बजार सञ्चालक तीनै पक्षमा बजार सञ्चालनको आधारभुत ज्ञान, सीप, वित्तीय तथा प्राविधिक साधन तथा क्षमता हुन आवश्यक छ । दोस्रो बजार सम्बन्धी ज्ञान नभएको, बजार जोखिम बहन गर्न नसक्ने लगानीकर्ता यस्तो बजारमा योग्य मानिँदैनन् ।

अन्तर्दिवसीय कारोबार भएमा विदेशी लगानीकर्ता भित्र्याउन विशेष महत्व हुने छ । यस्तो बजारको पूर्णता तथा विश्वसनीयता अभिवृद्धि गरी विदेशी लगानीकर्तालाई आकर्षित गर्दछ । अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालनका लागि हालसम्म कुनै नीतिगत पूर्वाधार तयार भएको छैन ।

यसलाई धितोपत्र ऐन, २०६३ अन्तर्गत बनेका नियम विनियमहरुमा परिमार्जन तथा संशोधन गरी सम्बोधन गर्न सकिन्छ भने नयाँ कार्यविधि पनि बनाउन आवश्यक छ । नीतिगत अभावका कारण पुँजी बजार सम्बद्ध संस्थाहरु अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केटमा सहभागी हुन पाएका छैनन् ।

योएक बहुऔजार कारोबार संयन्त्र हो । अन्तर्दिवसीय कारोबार तथा अक्सन मार्केट सञ्चालनका लागि आवश्यक विशेषताहरु थप गरी सञ्चालनमा ल्याउन सकिन्छ ।

अन्तर्दिवसीय कारोबारका फाइदा

थोरै पुँजीमा पनि लगानीकर्ताले बजारबाट लाभ उठाउन सक्नेछन् । मार्जिन सुविधाकोउपयोग गर्दै स्वपुँजी भन्दा धेरै गुणाको कारोबारमा संलग्न हुन पाउने अवसर कारोबारीले अन्तर्दिवसीय कारोबारमा पाउछन् । एकै दिनमा राफसाफ गरिने हुँदा अन्तर्दिवसीय धितोपत्र कारोबारमा उच्च तरलतायुक्त सेयरको मात्रै किनबेच हुन्छ ।

यसले समग्रबजारको तरलता वृद्धिमा पनि सहयोग पु¥याउँछ । बजारको अत्यधिक उतारचढावलाई समेत रोक्न सहयोग गर्दछ । अन्तर्दिवसीय कारोबारमा जोखिम एक दिनबाट अर्को दिन सर्ने खालको हुदैन । सेयरको मूल्यमा प्रभाव पार्ने सूचनाको असर अन्तर्दिवसीय कारोबारमा एक दिनमा सीमित हुन्छ ।

अन्तर्दिवसीय कारोबारका बेफाइदा

अन्तर्दिवसीय कारोबारमा लगानीकर्ताले स-सानो मूल्य परिवर्तनबाट लाभ उठाउने गरेका हुन्छन् । यसरी कारोबार गर्दा प्राप्त हुने लाभको तुलनामा सम्भावित नोक्सानी बढी हुने पनि गर्छ । ठूलो हुन्छ । कारोबारको आकार बढ्दै जाँदा सम्भावित नोक्सानीको परिमाण पनि बढ्दै जान्छ । तसर्थ अन्तर्दिवसीय कारोबारमा कारोबारीले बजारको कडा निगरानी गर्दै कारोबार अवधिभर आफुलाई व्यस्त राख्नुपर्ने हुन्छ ।

बजारमा निरन्तर आइरहने सूचनाहरु अद्यावधिक गर्ने तथा ती सूचना अनुकुल धितोपत्र किनबेचको निर्णय गर्ने कार्यमा कारोबारी खटिइरहनु पर्ने हुन्छ । अन्तर्दिवसीय कारोबारबाट कारोबारीले धितोपत्र जारी गर्ने सम्बन्धित कम्पनीहरुले गर्ने निर्णयहरु (लाभांश प्राप्त गर्ने, हकप्रद प्राप्त गर्ने, साधारण सभामा सहभागी बन्ने, सञ्चालक बन्ने वा सञ्चालक चुन्ने ) अवसर पाइदैन । यस्तो कारोबारमा बेफाइदा भन्दा बढी फाइदा नै रहेका छन् ।

वि.सं.२०७७ चैत १८ बुधवार १५:१५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...